काठमाडौ, चैत्र १० गते । रातो तारा डट कम,भट्टराई कुल बंश प्रतिष्ठान मोरङको दोस्रो जिल्ला अधिबेशन शनिबार सम्पन्न भएको छ ।
सुन्दरहरैचा ५ दुलारीमा सम्पन्न अधिबेशनमा भटराइ कुल बंश प्रतिष्ठानको लागि अहोरात्र खटि योगदान दिएको भन्दै तीन जनालाइ सम्मान समेत गरिएको छ । भट्टराई कुल बंश प्रतिष्ठान मोरङका संस्थापक सदस्य जीबनाथ भटराइ, लक्ष्मीमाया भट्टराई र निशान भट्टराई रहनुभएको छ ।
उहाहरुलाइ भट्टराई कुल बंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेरबाहादुर भट्टराईले सम्मान गर्नुभयो । सम्मानित ब्यत्तित्व मध्येका जीबनाथ भट्टराई सात बर्षको उमेर देखि अन्न नखाइ बांच्न सफल हुनुभएका ब्यक्तित्व हुनुहुन्छ ।
अधिबेशन उद्धघाटनका अवशरमा बोल्ने बक्ताहरुले भटराइ कुल बंश प्रतिष्ठान मोरङ जिल्ला शाखाले उत्कृष्ट काम गर्न नसकेकोमा चिन्ता ब्यक्त गरे । उनीहरुले संस्थाको इज्जत जोगाउन सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
Post a Comment