Websoft University

डा.अमित ठाकुर नीजि नर्सिङ होममा काम गर्न थाले पछि - सरकारी अस्पतालको सेवा नै बन्द भयो


श्याम राई,उदयपुर-गाईघाट चैत्र २० गते । रातो तारा डट कम,जिल्लामा अस्पताल उदयपुरमा प्रसुती सेवा ठप्प पारेर चिकित्सक डा.अमित ठाकुर नीजि नर्सिङ होममा काम गर्ने  गरेको पाईएको छ । बिभिन्न सेवा सुबिधाको नाममा अस्पतालको प्रसुती सेवा ठप्प पारी चिकित्सक ठाकुर त्रियुगा नगरपालिका ११ स्थित त्रियुगा असपतालमा काम गरिरहेका छन् । उनले नीजि अस्पतालको काम गर्न थालेपछि उदयपुर अस्पतालको प्रसुती सेवा पुरै बेहाल बनेको छ ।

केही महिना अघि सम्म प्रसुती सेवाको लागि उदयपुर अस्पताल  निकै प्रख्यात थियो । प्रसुतीको अस्पताल आउने ९० प्रतिशत बिरामीले राम्रो उपचार सुबिधा पाउने थियो । तर अहिले असपताल सामान्य चेकजाँच बाहेक प्रसुतीको कुनै काम हुने गरेको छैन । डा.ठाकुर स्त्री रोग बिशेषज्ञ नभए पनि प्रसुती सम्बन्धि तालिम प्राप्त चिकित्सक भएकोले  उनले दिने सेवाको कारण अस्पतालमा प्रसुतीका बिरामीको भिड लाग्ने गर्थे । तर अहिले अस्पताल लाग्ने भिड नीजि क्लीनिक र नर्सिङ होममा लाग्ने गरेको छ ।

अस्पतालमा अहिले पनि दिनहु ठूलो संख्यामा प्रसुती  सेवा लिन भारी संख्यामा बिरामी आउने गरेका छन् । तर सेवा नपाएर त्यतिकै फर्किने गरेका छन् । अस्पतालमा कार्यरत एक अहेबले नाम नखुलाउने उल्लेख नगरी दिने सर्तमा भने  “ पहिले जस्तै सेवाको आस लिएर  आउने गर्दछन् ।
तर सेवा नपाउदा नीजि नर्सिङ होम  र जिल्ला बाहिर सेवा लिन बाध्य भएको छन् । ती अहेबले चिकित्सकले आर्थिक लाभ लिन कै लागि असपतालको सेवा ठप्प बनाएर नीजि क्लीनिकमा सेवा दिने गरेको बताए ।

असपतालमा अहिले भिडियो एक्सेरे  र ईसिजि समेत बन्द गरिएको छ । दक्ष प्राबिधिक नभएको भन्दै बिरामीलाई नीजि क्लीनीकमा पठाउने गरिएको छ । नीजी क्लीनिकवालाले बिचोलिया मार्फत अस्पताल कर्मचारीलाई प्रभाबमा पारेर अस्पतालमा भैरहेका सेवा सुबिधा समेत लिनबाट बिरामीलाई बन्चित गरिएको  अस्पताल बिकास समितिका पूर्व अध्यक्ष अर्जुन दाहालले भने । कुनै बेला अस्पतालमा हरेक सुसबिध बिरामीले प्रभाबकारी ढंगबाट पाउने गर्थे । तर अहिले नीजि नर्सिङ  होमको प्रभाबमा परेर त्यो सेवा अस्पतालमा पूरै बन्द भएको छ ।

अस्पतालले हर्निया र एपेन्डिक्सको  अपरेशन समेत सुरु गरेको थियो । तर ती सेवा अहिले पूरै बन्द भएको छ ।
अस्पताल बिकास समिति उदयपुरका अध्यक्ष राकेश खत्रीले अस्पतालको सेवा सुबिधा सुधार गरिने तयारी भईरहेको
बताए ।

“अहिले बिशेषज्ञ सहितको चिकित्सक नहुदा अस्पतालको सेवा प्रभाबित भएको उनले बताए ।  प्रसुती र चिरफार शल्यक्रिया गर्ने बिशेषज्ञ डाक्टरको अभाब हुँदा ती सेवा प्रभाबित बनेको छ । ”उनले भने । “केन्द्रसंग दरबन्दी अनुरुपको चिकित्सक ब्यबस्था गर्न माग गरिएको छ । माग बमोजिम ब्यबस्था भए पछि अबरुद्ध भएको सेवा पुन सुचारु गरिने छ । ”उनले भने ।
                                               

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.