बिराटनगर,बैशाख ८ गते । रातो तारा डट कम,नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङले हिजो देखि ९ गते सम्म रोजगार मेला २०७५ सुरु गरेकोछ । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ,(आइएलो,रोजगार बिभाग श्रम कार्यालय सूचना केन्द्र,कोआइसिका)समेतको सहयोगमा एलिट क्लवको हाता भीत्र मेला सुरु भएकोछ ।
अहिले महानगरले रोजगारितालाई सृजना गर्न कृषि योग्य जमिन खोजि गरि अर्गानिक खेती तर्फ कृषक वा युवाहरुलाई तालिम बिउ उपलब्द गराएर सहयोग गर्ने योजना महागरले राखेको सुनाउनु भयो ।
महानगरले भ्रष्ट्रचार मुक्त सुसासन छिटो छरितो दिगो बिकासमा जोड दिदै आफु आएको ९ महिनामा नगर क्षेत्रमा धेरै कामहरु भएका छन, भन्दै, अव ५ वर्षमा सडक खानेपानी सरसफाइ रोजगारीता शिक्षा स्वास्थ्य बती जस्ता कुराको सुधार गरि बिराटनगर सुन्दर शहर बन्ने छ भन्नु भयो ।
अहिले बिराटनगरमा १५ वट्टा सडक धमाधम बन्दैछन,र नगरमा १ वर्षमा ७४ किमी सडक कालोपत्रे हुनेछ भन्दै,सभागृह मर्मत,गुरुकुलको सुधार,नहरलाइ बाइपासको सडक बनाउने,कोशी राजमार्ग देखि बिमानस्थल सम्म आधुनिक सडक बन्दै,बसपार्क निमार्णको काम भईरहेको र अनुगमनलाई तीब्रता दिने,आफु भ्रष्टचार नगर्ने अरुलाई पनि आफुले थाहापाएर चै गर्न नदिने
काम ढिला सुस्ति गर्नेलाई कालो सुचिमा राख्ने जस्ता कुरा बताउदै तपाईहरु संग सहकार्य गर्न महागनर चाहान्छ, कार्यक्रम सफलताको शुभकामना छ भन्नु भयो ।
नेपाल घरेलु तथा साना उधोग महासंघ १ नम्वर प्रदेश महासचिव भैरव रिसालले सबैलाई शुभकामना धन्यावाद दिदै,यो आज सुरु भएको रोजगार मेलाबाट धरै ले अवसर पाउन सकुन भन्नु भयो ।
बिराना पसल व्यापार संघका अध्यक्ष ध्रुव प्रसाद दाहालले यो रोजगार मेलाले सबैलाई फाइदा पुगोस भन्दै बिराटनगरको बिकास निमार्ण ढिला सुस्ती का बारेमा मेयर तिर धेरै प्रश्नहरु राख्दै मेला सफलताको शुभकामना दिनु भयो ।
कार्यक्रम नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङका अध्यक्ष नरेन्द्र होमगाईको अध्यक्षतामा भएको थियो ।
महेन्द्र बस्नेतले पनि आफना भनाइ राख्नु भयो भने चेतन निरौलाले स्वागत र गोपाल जी ले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
Post a Comment