(फायल फोटो)
मोहन राई-संखुवासभा,बैशाख ११ गते । रातो तारा डट कम,
संखुवासभाको चैनपुर नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमबाट युवाहरुलाई लक्षीत गर्दै प्रदेश स्तरीय फूटवल प्रतियोगिताको आयोजना सँगै तयारीमा जुटेको छ ।
बैशाख १५ संखुवासभा बहुमुखी क्याम्पस चैनपुरको खेल मैदानमा आयोजना गरिएको सो प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको आयोजक कमिटिले जनाएको छ । प्रदशे नं. १ को नगरपालिका स्तरीय फूटवल प्रतियोगिताको आयोजना गरे सँगै चैनपुर फूटवल खेल आयोजक समितिले प्रचारप्रसारलाई तित्र गतिमा अगाडी बढाएको छ ।
बैशाख १५ गते चैनपुर नगरी जाउँ र फुटबल खेलको आनन्द सँगै “ खेलबुद मार्फत पयटन पहिचान, प्रगति र गरिमा समृद्ध र एकताको लागि फूटवल चैनपुर नगरीमा ” भन्ने मूल नाराका साथ फूटवल प्रतियोगितालाई सम्पन्न गर्न आयोजक समितिले विभिन्न उपसमितिहरुलाई कामको जिम्मेवारी दिए सँगै ती उपसमितिहरु आ आफ्ना काममा जुटेका छन् ।
संखुवासभाका सहरबजारहरुमा फूटवल प्रतियोगिताको तुल , व्यानर र पोष्टरले भित्ताहरु र बजार रंगिएका छन् । यसै गरी फूटवल खेल मैदानलाई पूर्ण रुपमा व्यवस्थीत र सरसफाई गदै खेलमैदानलाई व्यवस्थीत गरिएको छ । पूर्वी नेपालकै मनोरम दृष्यको रुपमा चिनिने चैनपुर नगरीमा हुन गइरहेको नगर गोल्डकप प्रतियोगिता सँगै संखुवासभामा रहेका धामर्मिक पर्यटकिय स्थलहरुलाई समेत प्रचारप्रसार गर्नेगरी संखुवासभाको चैनपुर नगरीलाई पहिचान हुनेगरी लोगो निमार्ण गरेर संखुवासभाबाट गुडने यातयातका साधनहरुमा समेत लोगो स्टीकर टासिए सँगै फूटबलको प्रचारले तिब्रता पाएको छ ।
यस फूटबल खेललाई थप व्यवस्थित गर्न आवासको व्यवस्था मिलाउन चैनपुर नगरीका ३ सहरबजारहरुलाई व्यवस्था मिलाइएको छ । यसै गरी सुरक्षा व्यवस्था, स्वयमसेवक परिचालन व्यवस्था, आकास्मीक स्वास्थ्य उपचारको व्यवस्था, सरसफाईको व्यवस्था, खानेपानीको व्यवस्थालाई समेत मध्यनजर गर्दै खेललाई व्यवस्थि तगर्न नगरको नगर खेलकुद समिति, जिल्ला खेलकुद समिति र स्थानीय संघ सस्थाहरुलाई समेत जिम्मेवारी दिए सँगै कम्बर कसेर फूटवल प्रतियोगितालाई सफल बनाउन सबै पक्षबाट संखुवासभाबासीहरु लागिपरिरहेका छन् ।
यस फूटवल खेलमा १४ जिल्लाका १६ वटा टिमलाई उर्ताने तयारी आयोजक समितिका संयोजक भरतकुमार खत्रीले तयारी रहेको जनाएका छन् । यसै गरी यो फूटवल प्रतियोगितालाई सबैपक्षबाट सहयोग गर्न सर्वदलिय र सर्वपक्षिय बैठक राखेर यो प्रतियोगितालाई सफल बनाउन नगरबासीहरुमा मेयर खत्रीले आग्रह समेत गरेका छन् ।
यस फूटवल प्रतियोगितामा संखुवसभा र छिमेकी जिल्लाहरुबाट समेत गरी हजारौको संख्यामा दर्शकहरु उर्ताने तयारी रहेको प्रचार प्रसार समितिका संयोजक धनबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार यस फुटबल प्रतियोगितालाई राष्ट्र अन्तराष्ट्रसम्म प्रचार प्रसार गरी कार्यक्रमलाई सफल बनाइदिन संखुवासभाका विभिन्न छापा तथा सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।
यसै गरी यस फूटवल प्रतियोगिता हेर्न आउने दर्शकहरुलाई नेपालकै नाम चलेको चैनपुरको करुवा, गुराँसको राजधानीको रुपमा चिनिने मिल्के जलजले नुनढाकी गुराँस क्षेत्र स्थानीय प्रजाती सिस्नोलाई प्रसोधन गरी बुनेको अल्लोको कपडा, रुद्राक्षको माला, अलैचीको मसला, विश्वको होचो उपध्यका अरुण उपत्यका, मकालु हिमालको दृष्य, लगायत संखुवासभामा रहेका पर्यटकिय र धार्मिक एवं साँस्कृतिक महत्व बोकेका शक्तिपीठहरु सिद्धकाली, मनकामना, लगायत क्षेत्रहरुलाई समेत परिचित गराउनेगरी मूल आयोजक समिति जुटेको देखिन्छ ।
यस फूटबल प्रतियोगितालाई सम्पन्न गर्न नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमबाट कार्यपालिकाको बैठकको निर्णय सँगै ३१ लाख माथि खर्चेर फूटवल प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ । यसका लागि थप सौजन्यकर्ताहरुको समेत खोजगरी नगरपालिकाको आर्थिक व्ययभारलाई न्युन पार्न लाग्ने समेत आयोजक समितिले जनाएको छ ।

Post a Comment