बिराटनगर,चैत २४ गते । रातो तारा डट कम,
अरुलाई झुठो मुद्दा लगाउन र गैरकानुनी थुनामा राख्न हुदैन भन्दै प्रतिरक्षा गर्नुपर्ने संबैधानिक निकायले झुठो मुद्दा लगाएर मर्यादा बिपरित कार्य गरेको दुई अधिकारकर्मीले आरोप लगाएको कुरा नयाँपत्रिकाको समचारमा उल्लेखछ।
पुर्वाञ्चल मानव अधिकार रक्षक संञ्जालका सल्लाहकार तथा राष्ट्रिय मानव अधिकार आयोगका पुर्व अधिकृत कोषराज न्यौपाने र मानव अधिकार रक्षक भुवन नाथले आफुहरुलाई आयोगले साईबर क्राइममा झुठा मुद्दा लगाएर मर्यादा बिपरित कार्य गरेको आरोप लगाएका हुन ।
उनिहरुका अनुसार असक्षमता, आयोग भित्रको भ्रष्टाचार र आर्थिक नोक्सानी, अनियमीतता, समाज विभाजन गर्ने तथा सामाजिक सद्भाव खलबल्याउन आयोगका केही पदाधिकारीबाट भएका कार्यहरु र आयोगभित्रै भएका विभेद, अन्याय र विकृतिका विरुद्ध समाजिक संञ्जाल मार्फत तथ्य प्रमाण सहित आवाज उठाउँदा आयोगले साइबर क्राइम अन्र्तगत झुठा मुद्दा लगाएको बताएका हुन ।
आयोग केन्द्रिय कार्यालयले महानगरिय प्रहरी अपराध महाशाखा मार्फत कोषराज न्यौपाने र अभियानकर्मी भुवन नाथ बिरद्ध सचिव बेदप्रसाद भट्टराईलाई जाहेरबाला बनाएर साइबर क्राइम आरोपमा झुठा मुद्दा दर्ता गराउन लगाएको समचारमा उल्लेख छ । यदि साइबर अपराध गरेकाहुन भने
कानुन बमोजिम कारवाही हुनुपर्छ ।
Post a Comment