Websoft University

शहरी सरसफाई र खानेपानी व्यावस्थापनमा हातेमालो गर्ने : अर्थमन्त्री


बिराटनगर,बैशाख ६ गते । रातो तारा डट कम,नेपालका शहरहरुमा मानव मलमुत्रिय फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाका संम्वन्धि एक दिने अन्तरकृया कार्यक्रम आज बिराटनगरमा भयो ।

नेपाल खानेपानी सरसफाइ मन्त्रालय र सोफेनले आयोजना गरेको सो अन्तक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्वर १ का आर्थिक मामिला तथा सरसफाइ (अर्थमन्त्री) इन्द्र हाडबोले कार्यक्रमलाई सक्वोधन गर्दै,बढ्दो शहरी करण जलवायु परिर्वत,शहरी फोहोर अव्यावस्थापनले गर्दा समस्य शहरहरुमा प्रदुषण देखिन थालेकोछ भन्नु भयो ।

हाम्रा शहर हरु सफा राख्न मावन मलमुत्रिय प्रदुषणहरुलाई बेलैमा स्थानिय निकायहरुले चासो दिएर व्यावस्थापन गर्न लाग्नु पर्ने भएको भन्दै त्यसमा प्रदेश सरकारको साथ सहयोग रहने बताउनु भयो ।

प्रदेश सरकारले स्वच्छ खानेपानीका लागि एक घर एक धाराको अभधारणका साथ काम गर्ने र ५ वर्षमा फोहोर व्यास्थापन खाने पानीका लागि समिति बनाएरै स्थानिय निकाय संग हातेमालो र सहकार्य गर्ने बताउनु हुदै कार्यक्रम सफल्ताको शुभ कामना दिनु भयो ।

खानेपानी तथा सरसफाइ पूर्व मन्त्री गणेश साहले ऐन बनाएरै शहर सफाइमा स्थानिय निकायहरु अगि बढ्नु पर्ने धारणा राख्दै,सार्वजानिक कार्यालयहरुका सौंचालय कम्तिमा प्रयोग गर्न सकिने खालका हुनु पर्छ भन्नु भयो ।

बेलैमा सबैले सरसफाई खानेपानीमा ध्यान नदिने हो भने केहि वर्षमै हाम्रा शहरहरु तिर्खाएका शहरहरुमा परिणत हुनेछन भन्ने थुप्रै सुजाव राख्दै कार्यक्रम सफलताको शुभकामना दिनु भन्नु भयो ।

त्यसैगरी १ नम्वर प्रदेशमा अहिले साना ठुला गरि १७ वट्टा खानेपानी आयोजनाहरु संनचालित आयोजनाका निर्देशक रामचन्द्र साहले आफना कुरा राख्दै,मानव मलमुत्रीय लेदोको राम्रो व्यावस्थापन गर्न नसक्ता समस्यकै रुपमा देखा परेको बताउनु भयो ।

खानेपानी र सरसफाइमा स्थानिय निकाय नै सक्रिय भएर लाग्नु पर्नेमा जोड दिदै, कार्यक्रम सफलताको शुभकामना दिनु भयो ।

कार्यक्रममा महानगरपालिका उपमहानगरपालिका, नगरपालिका,गाउपालिकाहरुको प्रमुख तथा प्रतिनिहिरुले पनि आ आफना कुरा राख्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.