लुम्बिनी, वैशाख १२ गते । रातो तारा डट कम, नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा हिजोबाट सुरक्षात्मक लकिङ प्रणली लागु गरेको छ ।
बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको हो ।
निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्यांकरमा पेट्रोलियम पदार्थ लोड गरेपश्चात् ताला लगाएर ढुवानीको शुरूआत गरिएको थियो ।
बैतालपुरबाट सुरक्षात्मक लकिङ सिस्टम लागु गरी आएका ट्यांकरको तोला खोलेर उक्त प्रणालीको शुुरूआत गरिएको
हो । आयाल निगमले शुुरूगरेका सुरक्षात्मक लकिङ प्रणालीले आयल निगमको आन्तरिक सुधारलाई महत्वपुर्ण योगदान पुग्ने निगमका कार्यकारी निर्देशक ई. सुशील भट्टराईले जानकारी दिनुभयो ।
“ढुवानीका क्रममा बीच बाटोबाट हुन सक्ने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण र चोरी–निकासी तथा अन्य खालका बदमासी हुन नदिन निगमले यो कार्य सञ्चालन गरेको हो,” उहाँले भन्नुभयो, “पहिलो चरणमा भारतको सिलुगुढी डिपोदेखि झापा डिपोसम्म यो प्रविधि लागु गरिएको र हिजोदेखि भारतको बैतालपुर डिपोदेखि भलबारी डिपोसम्म सञ्चालनमा आएको ट्यांकरमा ताला लगाएर ढुवानी शुुरू गरिएको छ ।”
यसभन्दा अघि पेट्रोलियम पदार्थ लोड गरिसकेपछि ट्यांकरमा सामान्य एउटा मात्र तारले सिल गरेर ढुवानी गर्ने गरिन्थ्यो ।खाल्टाखुल्टी र भत्केको सडकमा तार सहजै चुहिने सम्भावना रहेकाले भरपर्दो थिएन ।
पेट्रोलिययम पदार्थ ढुवानी गर्न गएका ट्यांकरलाई लोड गरिसकेपछि बैतालपुर र मुगलसरायमा रहेको भारतीय आयल कर्पोरेशनका कर्मचारीले विशेष खालको ताला लगाइदिने गर्छन् । भलबारी डिपोमा अनलोड गर्ने बेलामा उक्त ताला नेपाल आयल कर्पोरेशनका कर्मचारीले खोल्नेछन् .
एउटा ट्यांकरमा लगाइएको ताल्चाको चाबी नेपाल आयल कर्पोरेशन र भारतीय आयल कर्पोरेशनका कर्मचारी दुवैतर्फ रहनेछन् । भलबारी डिपोमा सञ्चालनमा रहेका ट्यांकरमध्ये अहिले ३३ वटामा तत्काल सुरक्षात्मक लकिङ प्रणली (ताला लगाउने कार्य) लागु गरिएको र बाँकी ट्यांकरमा असार मसान्तभित्र लागु गरिसक्ने आयाल निगम क्षेत्रीय कार्यालय भलबारीका प्रमुख अशोक शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतको बैतालपुर र मुगलसरायबाट भलबारी डिपोका लागि कुल १९३ वटा ट्यांकरले पेट्रोलियम पदार्थको ढुवानी गर्ने गर्छन् । जसमध्ये तत्काल ३३ वटा ट्यांकरमा ताला लगाएर पेट्रालियम पदार्थ बोक्नेछन् । अन्य ट्यांकरमा पनि ताला लगाउन मिल्ने गरी ट्यांकरधनीले तयारी गरिरहेका छन् ।
तीन महिनाभित्र सबै ट्यांकरमा तालाबन्दी गरी ढुवानी गरिने गरी आन्तरिक तयारी थालिएको कार्यालयका प्रमुख शाहले जानकारी दिनुभयो ।
कतिपय ट्यांकरबाट चालक आफैँले र चालकसँगको मिलेमतोमा अन्य व्यक्तिले निगमको डिपोमा अनलोड हुनुअगावै पेट्रोलियम पदार्थको चोरी हुने गर्दथ्यो । ताला लगाउने प्रणाली गर्दा यो समस्या हटेर जाने उहाँको भनाइ
छ ।
निगमको भलबारी डिपोका लागि दैनिक बैतालपुरबाट ८०० केएल डिजेल र मुगलसरायबाट २०० केएल पेट्रोल ढुवानी हुने गर्छ । पश्चिामाञ्चल पट्रोलियम डिर्लस एशोसिएशनले पनि यस कार्यको स्वागत गरेको छ । एशोसिएशनका अध्यक्ष प्रेम न्यौपानेले सुरक्षात्मक लकिङ प्रणालीका कारण पेट्रोलियम पदार्थको गुणस्तरमा कुनै समस्या नआउने भएकाले आफुहरूलाई पनि तेल बेच्न सजिलो हुने बताउनुभयो ।
पेट्रोलियम ढुवानी एशोसिएशन रूपन्देहीका अध्यक्ष राकेश कसौधनले सुरक्षात्मक लकिङ सिस्टमले सबैलाई फाइदा पुग्ने बताउँदै बीच बाटोमा चुहावटको समस्या देखापर्ने भएकाले ताला लगाउने काम गरिएको र यसले सबैलाई सहज हुने धारणा व्यक्त गर्नुभयो । सुरक्षात्मक लकिङ प्रणली लागु गरिएका ट्याकरबाट मात्रै ढुवानी गर्नका लागि एशोसिएशनले पनि माग गरेको छ, उहाँले भन्नुभयो ।
Post a Comment