Websoft University

सिम्लेस्थीत बज्रकन्या मंदिरसम्म सडक खनियो


श्याम राई,उदयपुर,गाईघाट,बैशाख ९ गते ।
रातो तारा डट कम, उदयपुरको कटारीस्थीत एक सामुदायिक वन क्षेत्र भित्र अवैध  रूपमा सडक निर्माण गरिएको छ । कटारी नगरपालिका वडा न.४ सिम्लेस्थीत मरूवाहरीत सामुदायिक वन भित्र बनाएको झण्डै १ किमी बाटो कस्तो बनाईएको भन्ने बारे केही खुल्न सकेको छैन ।

सामुदायिक वनको पानी ट्याङकी नजिकैको उत्तर तर्फको सिम्लेस्थीत बज्रकन्या मंदिरसम्म जेविसी प्रयोग गरेर सडक खनिएको छ । सामुदायिक वन उपभोक्ता समितिका सचिब विनोद दनुवारले सडक निर्माण भएको जानकारी पाउन साथ वन क्षेत्रमा जादा बाटो निर्माण धमाधम भैरहेको तर सडक कस्ले निर्माण गर्यो भन्ने बारे केही थाहा नभएको बताए ।

म आउदा बाटोको काम अन्तिम अवस्थामा थियो । कस्ले बाटो खनेको भन्दा कसैले पनि बताउन सकेनन् .’ सचिब दनुवारले भने, वन मासेर रातारात सडक बन्दा समेत कसैले थाहा नपाउनु दुःखको कुरा भएको उनले बताए । वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णराज दनुवारले उक्त सडक निर्माण बारे आफूलाई केही थाहा नभएको बताए ।

ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले कस्ले सडक खनेको भन्ने बारे कुनै जानकारी नभएको बताए । उनले वन क्षेत्रमा अवैध रुपमा सडक खनिएको विषयमा अनुसन्धान शुरू गरिएको बताए । सेक्टर वन कार्यालय कटारीका सहायक वन अधिकृत बद्री साहले रातारात वन भित्र बाटो निर्माण भएको जानकारी आएको तर कस्ले खनेको भन्ने बारे केही खुल्न नसकेको बताए।

करिब १ किमी बाटो खनिएको छ । तर कस्ले खनेको भन्ने बारे हामीले छानविन शुरू गरेका छौ .’ अधिकृत साहले भने. उक्त सडक सिद्धिचरण राजमार्गको सिम्लेदेखि कटारी नगरपालिका कै मर्जेतपुर जोडिने ग्रामीण सडकमा लगेर जोडिएको छ । उक्त सडकबाट सौर्य सिमेन्टको लागि कटारी–८ स्थित चुनढुंगा ढुवानी गर्ने ट्रिपरहरु संचालन हुदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.