Websoft University

तीन दिन बिराटनगरमा रोजगार मेला लाग्ने


बिराटनगर, बैशाख ३ गते । रातो तारा डट कम,नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङले बैशाख ७ गते देखि ९ गते सम्म बिराटनगरमा रोजगार मेला २०७५को आयोजना गर्ने भएकोछ ।

नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङका अध्यक्ष नरेन्द्र होमगाईले आज पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार आइएलो,रोजगार बिभाग श्रम कार्यालय सूचना केन्द्र,कोआइसिका, समेतको सहयोगमा एलिट क्लवको हाता भित्र सो मेलाको आयोजना हुने भएकोछ ।

रोजगार मेलामा रोजगारीको अवसर खोज्ने र रोजगारी दिन दक्ष कर्मचारीको खोजि गर्ने संघस्था बीच यो मेलाले समन्वयकारी भुमिका खेल्दै,एक आपसमा मिलाउने पुलको काम मात्र गर्ने जानकारी गराउनु
भएकोछ ।

मेलामा करिव २ सय उधोगिहरुलाई सहभागि गराईने भएकाले त्यसबाट करिव ५०० सय बेरोजगार युवाहरुले फाईदा लिन सक्ने अनुमान गरिएको बताइएकोछ ।

उक्त तीन दिने रोजगार मेलामा २ सय उधमी ५०० जना बेरोजगार युवाहरुलाई समन्वय गराई त्यसबाट २० जना छनोट गरिने र त्यसमा अनिवार्य ३ उधमी अनिवार्य छनोट गरिदा एक महिला अनिवार्य गरिएकोछ ।

यसरी गरिएको कार्यसालाबाट १० जना उपयुक्त सहभागि छनोट हुने र छनोट परेकालाई १ महिना सम्म सीममुलक प्रत्यक्ष प्राक्टिकल तालिममा सहभागि गराईने रोजगार सूचना केन्द्रका महेन्द्र प्रसाईले जानकारी दिनु भएकोछ ।

नेपाल घरेलु तथा साना उधोग महासंघ प्रदेश नम्वर १ का महासचिव भैरव रिसाल र नेपाल पत्रकार महासंघ मोरगका उपाध्याक्ष कुमोद अधिकारीले पनि बोल्नु भएको थियो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.