(फायल फोटो)
काठमाडौ, चैत्र १८ गते । रातो तारा डट कम,
पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ ।
कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी हुदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता हुदै आएको हो । जसले गर्दा कैदी तथा बन्दीलाई व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले बसोबास एवम् शौचालयका लागि समस्या भएको कारागारले जनाएको छ ।
जिल्ला कारागारमा १७५ कैदी–बन्दी राख्ने क्षमता भएको भए पनि यहाँ अहिले ३८२ कैदी–बन्दी रहेको कारागार स्रोतले जनाएको छ । २०७२ सालको चैतमा निर्माण सम्पन्न भएर कैदी–बन्दीलाई नयाँ कारागार भवनमा सारिएको थियो । कारागार स्रोतका अनुसार अहिले कारागारमा पुरुष ३२१ र महिला ६१ गरी ३८२ जना कैदी–बन्दी छन् ।
कारागारमा हाल ६ जना नाबालकसमेत रहेका छन जसमध्ये चार बालक र दुई बालिका रहेका छन् । कारागारको भौतिक अवस्था राम्रो रहेको भए पनि क्षमताभन्दा निकै बढी संख्यामा कैदी–बन्दी हुदा व्यवस्थापनमा समस्या भएको छ ।

Post a Comment