मोरङ-पथरीशनिश्चरे, चैत २१ गते । रातो तारा डट कम,
मोरङको पथरीशनिश्चरे नगरको प्रमुख समस्यामध्येको डाँस खोला कटान तटवन्धका लागि नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनका वडा नम्वर १० मा तटवन्धको काम थालिएको छ ।
हिजो एक कार्यक्रमबीच नगर प्रमुख दिलिपकुमार राई, वडा सदस्य मैनादेवी आचार्य फुयाँल, अनोज घिमिरे, इन्जिनियर कृष्णप्रसाद कोइरालाले तटवन्ध कार्यको शिलान्यास गर्नु
भयो ।
नगरपालिका कार्यालयको ५५ लाख तथा उपभोक्ताको श्रमदान समेतको गरी ८ लाख २५ हजार गरी ६३ लाख २५ हजार रुपैयाँको लागतमा ऐयावारीतर्फ १९ वटा र जिरिखिम्तीतर्फ ८ गरी २७ वटा स्पर रहने छन् । वडाको सिरान पशुपतिनगर क्षेत्रमा ४३ मिटर पक्की वाल समेत निर्माण गरिने निर्णय भएको उपभोक्ता समिति अध्यक्ष अर्जुन भट्टराईले जनाउनु भयो ।
Post a Comment