श्याम राई-उदयपुर,गाईघाट, बैशाख ४ गते । रातो तारा डट कम,सगरमाथा आयुर्बे्दिक अंचल अस्पताल उदयपुरमा थप चार वटा सेवा संचालनमा ल्याउन लागिएको छ । प्राकृतिक चिकित्सालाई प्रभावकारी बनाउने उदेश्य अनुरुप अस्पतालले पञ्चकर्म, योग, षटकर्म र अकुप्रेसर सेवा संचालनमा ल्याउन लागेको हो ।
अस्पताल परिसरमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग वहादुर परियारले उद्घाटन गरेका थिए । सुस्त र प्रभावकारी सेवा अभाबको कारण मूलुक भरिकै आयुर्वे्दिक अस्पताल बन्द हुने अवस्थामा पुगेपछि सरकारले आयुर्वे्दिक अस्पताललाई व्यवस्थित रुपमा सेवालाई प्रभावकारी र शसख्त बनाउने नयाँ योजना अघि सारेको हो ।
विरामीलाई जडिबुटि र औषधि वितरण गर्दै आएको चिकित्सकले अब यो सेवालाई नियमित रुपमा संचालन गर्ने तयारी शुरु गरेको छ । पछिल्लो समय निजी संस्थाहरुले संचालनमा ल्याएको प्राकृतिक उपचार पद्धती तर्फ विरामीहरु आकर्षित भईरहेको अवस्थामा सरकारी तवरबाट सशुल्क सेवा संचालनमा ल्याउन लागिएको यो पद्धती प्रभावकारी हुने अस्पतालका प्रमुख डा.संजिब कुमार यादबले बताए ।
पञ्चकर्म रोगको कारणको समूह नष्ट गर्न तथा शरीरमा दोषलाई समान अवस्थामा राख्नको लागि उत्कृष्ट चिकित्सा मानिन्छ ।
Post a Comment