Websoft University

सामाजिक सुरक्षा भत्तालाई व्यावस्थित गर्ने


काठमाडौँ, वैशाख ५ गते । रातो तारा डट कम केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइसकेको व्यक्तिको नाममा रकम जाने जस्ता समस्या हट्ने
छ ।

स्थानीय तहका कर्मचारीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामवली विभागले सञ्चालन गरेका प्रणालीमा राख्नेछन् र त्यही नामकाआधारमा विभागले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छ । ‘‘सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमिता हुने गरेकाले प्रणाली शुरु गरेका हौँ”, उहाँले भन्नुभयो,‘‘प्रणालीमा राखिएका नामका मानिस मात्रले भत्ता पाउने छन् जसले गर्दा दोहरिने समस्या हटेर व्यवस्थित रुपमा भत्ता वितरण हुनेछ ।’’

अहिले एक सय ३७ नगरपालिका र दुई सय ८५ गाउँपालिकाका एक हजार ४५८ वडाले सूचना प्रणालीअनुसार भत्ता विवरण गरिरहेको उहाँले बताउनुभयो । ती वडाका २२ लाख ४४ हजार ६६७ जनालाई सूचना प्रणालीमा आबद्ध गरिएको छ । उहाँले आगामी आर्थिक वर्षमा ७५३ स्थानीय तहलाई सूचना प्रणालीमा राखेर भत्ता वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।

अहिले सूचना प्रणाली सञ्चालन गर्नका लागि स्थानीय तहका कर्मचारीलाई तालीम दिइँदैछ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको समय विसं २०५१ मा सुरक्षा भत्ता शुरु भएको हो । अहिले ७० वर्ष उमेर पुगेका, कर्णाली र दलितका ६० वर्ष उमेर पुगेका, विधवा तथा कर्णाली, दलित, लोपोन्मुख बालबालिकालगायतले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.