विराटनगर,बैशाख ४ गते । रातो तारा डट कम,
विराटनगरमा रहेको भारतीय दुतावास सुराकी कार्यालयलाई लक्षित बम विस्फोट भएको छ । हिजो विस्फोट भएपछि यो कार्यलय यहाबाट तु हटाउन सरकार संग जनताले माग गरेकाछन।
विराटनगर महानगरपालिका वडा नम्बर १३ मुख्य सडकमा रहेको सप्मर्क क्याम्प भनिए पनि यसले सुराकीको काम गर्ने र र अ का मानिसलाई तलब खुवाउने काम गर्दै आएको भन्दै, क्याम्प बसेदेखिनै बिभिन्न आरोप लगाउदै जनताले बिरोध गर्दै आएकाछन ।
विस्फोटका कारण कयाम्पको पछाडीको वालमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिएकाछन
तर बम राख्नाको कारण र कसले बम राखेको हो भन्ने बारेमा खोजी भईरहेको प्रहरीले जानकारी गराएको छ । घटना स्थलमा अहिले ब्यापक प्रहरी परिचालित गरिएको छ । घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Post a Comment