बिराटनगर,चैत्र २१ गते । रातो तारा डट कम,
क्यान्सर हो । सो शरीरको कुनै पनि भाग वा अगमा हुनसक्छ र कुनै पनि उमेरका व्याक्तिहरुमा हुनसक्छ । तर क्यान्सर हुने जोखिम बढदो उमेरसंगै बढदै जान्छ ।
क्यान्सरका जोखिम तत्वहरु सुर्तिजन्य पदार्थको सेवन,
मादक पदार्थको सेवन,
असन्तुलित खाना जस्तै, बढी नूनिलो,चिल्लो तारेको,भुटेको,पोलेको खाना,
शारीसिक परिश्रममा कमी हुन,ु
जण्डिस जस्तै हेपटाइटीस बी वा सी ले कलेजोको क्यान्सरको जोखिम बनाउछ ।
यौन जन्य रोग र ह्यामन प्यापिलीमा भाईस एच पि भी को संक्रमणले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउँछ । बंशाणुगत,
क्यान्सरका लक्षणहरु:-
शरीरका बिभिन्न अंगमा लाग्ने क्यान्सरका लक्षणहरु अंगअनुसार फरक फरक हुने भए पनि लक्षणहरु एक अर्कामा मिल्दा जुल्दा हुन सक्छन ।
स्तनमा सारो गिरर्खा गाठाँ गुठी घाउँ आउनु यो क्यान्सरको लक्षण हुनसक्छ ।
लामो समय सम्म खोकि लाग्नु खकारमा रगत देखिनु छाती दुख्नु र स्वरमा परिवर्तन आउनु घाटी वा छातीको क्यान्सर को लक्षण हुन सक्छ ।
मुख भित्र सेतो वा रातो दाग वा घाउ देखिनु मुखको क्यान्सर हुनसक्छ ।
यौनसम्पर्क गर्दा दुख्ने र रगत आउने योनीबाट रगत बा धेरै सेतो पानी बग्ने महिनावारी हुँदा धेरै रगत बग्ने वा महिनावारी बाहेक अरु बेला पनि रगत जानु पाठेघरको क्यान्सर हुनसक्छ।
यस्ता केहि लक्षहरु देखा परेमा सम्पर्क राखी स्वास्थ्यकर्मीसंग परामर्श लिई परीक्षण गराउनुपर्छ ।
क्यान्सर रोगबाट बच्ने उपायहरु:-
सुर्तिजन्य पदार्थ सेवन नगन,
मादक पदार्थ सेवन नगर्न,
दैनिक कम्तिमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्ने,
स्वस्थ र पोषिले खाना खाने फलफुल र हरियो सागसब्जी प्रशस्त मात्रामा खाने,
ह्युमन प्यापिलोमा भाइरस र हेपाटाइटीस बी को खोप लगाउनुे ,
नियमितरुपमा रुपमा स्वास्थ्य परीक्षण गराउने ,
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ
Post a Comment