युवराज ठकुरी /सिंहदेवी,मोरङ, बैशाख ४ गते ।
रातो तारा डट कम,केराबारी गाउँपालिका-२;सिंहदेवी मोरङ जेफाले पर्यटन मेलाबजार समितिद्वारा आयोजित भलिबल प्रतियोगिता प्रदेश नं.१ सामाजिक विकास मन्त्री जीवन घिमिरेद्वारा उद्घाटन गरिएको छ।
नयाँ वर्ष २०७५को अबसरमा आयोजित भलिबल प्रतियोगिता बैशाख २गते उद्घाटन गरिएको हो।केराबारी गाउँपालिकाका उपाध्यक्ष शान्ति लिम्बूको अध्यक्षता र केराबारी-२का वडा सचीव रत्नबहादुर बुढाथोकीद्वारा संचालित उद्घाटन समारोहमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरे ,विशेष अतिथिहरुमा
पुर्व सांसद टिकाराम चेम्जोङ, याङ्सिला गाविस पुर्व अध्यक्ष टेकबहादुर लिम्बू ,बसन्तटार,विराट क्षेत्र पर्यटन अध्यक्ष डिल्लीराम शर्मा अधिकारी धनकुटा पुर्व अध्यक्ष दिलिप सुब्बा,अतिथिहरु केराबारी-२वडाध्यक्ष प्रेमबहादुर लिम्बू,२का वडाध्यक्ष चन्द्रसिंह लिम्बू,९का भुपतिन्द्र मल्ल लगायतको उपस्तिथि रहेका थिए।
जेफाले पर्यटन मेलाबजारको पहिलो दिन सृजना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो। धनकुटा,मोरङ ,सुनसरी र पाँचथरका भलिबल टिम गरि १४टिमले सहभागिता जनाएका छन्।
त्यसै गरि तेस्रो दिनको औपचारिक खेल कार्यक्रम प्रदेश सभा खका माननीय सांसद उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो।
भलिबल प्रतियोगितामा दोस्रो विजेता टिमले तीसहजार प्रमाणपत्र र मेडल, प्रथम विजेता टिमले पचासहजार रुपैया प्रमाणपत्र र मेडल पुरस्कारका रुपमा पाउनेछन।
आज हुने सेमी फाइनल खेल चौविसे गाउँपालिका धनकुटा र इटहरी उपमहानगर पालिका विच हुनेछ।
Post a Comment