Websoft University

दीर्घ श्वासप्रश्वास अवरोध रोगका बारेमा जानी राखौं

(दीर्घ श्वासप्रश्वास अवरोध रोगका लक्षणहरु)

बिराटनगर चैत २० गते । रातो तारा डट कएम,
दीर्घ श्वासप्रश्वास अवरोध रोगका बारेमा भनेको मानिसहरुको फोक्सो र फोक्सोमा रहेका हावाका नलीहरु स्थायी रुपमा क्षति भएर सास फेर्न कठिनाइ हुने अवस्था हो ।

दीर्घ श्वास प्रश्वास अवरोध रोगको प्रक्रियालाई दम रोगको जस्तो औषधीले पूणरुपमा निको गर्दैन ।

औसधी प्रयोगले मात्र यसबाट हुने जटिलताहरुको रोकथाम गर्न सकिन्छ ।
बिश्वव्यापी रुपमा धुम्रपान नै यसको मुख्य कारण मानिएकोछ।

प्रदूषित बाताववरणले पनि यस रोगलाई नकारात्मक असर पारिरहेको हुन्छ ।

घर भित्र हुने प्रदूषित हावाले दाउरा र गुइँठा बालेर खाना पकाउँदा परम्परागत धुवाँले रुपलिएको चुल्हो,धान कोदो चुटदा उडेको कणका कारण हुन सक्दछ, कल कारखानामा काम गर्दा ,रासायनिक पदार्थ धेरै प्रयोग गर्दा यो रोगले धेरैअसर गर्दछ।

दीर्घ श्वासप्रश्वास अवरोध रोगका लक्षणहरु:-

ध्यर्र ध्यर्र हुनु साना कामकाज गर्दा सास फेर्न गाहो हुनु खोकी र खकारयुक्त खोकी लाग्नु ,छाती दुख्नु धेरै थकाई लाग्नु श्वासप्रश्वास सम्वन्धी संक्रमण पटक पटक हुनु इत्यादि ।

दीर्घ श्वास प्रश्वास अवरोध रोगको रोक थाम:-

बिरामीलाई ज्वारो आएमा खकार पहेलो भएमा चिकित्सकको सलाह बंमोजिम औषधी खानु आवश्यक हुन्छ ।

रोग धेरै बढेमा बिरामीलाई अस्पताल भर्ना गर्न जरुरी हुन्छ ।

यस्तो बेलामा धुम्रपान नगर्ने,धुम्रपान गर्नेले तुरुन्तै धुम्रपान त्याग्ने । धुम्रपान रोक्न नसके चिकित्सक संग चाहिने सल्लाह र सहयोग लिने । धुम्रपान त्याग गर्न हरु व्याक्तको सहयोग भन्दा आफनो इच्छाशक्ति सबैभन्दा नरुरी हुन्छ ।

धुवाँरहित चुलोको प्रयोग तथा घर भित्र वायु प्रदूषण हुनबाट रोक्ने उपाया गर्नु पर्छ ।

वायु प्रदूषणबाट आफुलाई बचाउने । यदि प्रदूषण वातावरणमा काम गर्नु परेमा सही किसिमको मास्क लगाउनुपर्दछ ।

रोगको गम्भीर अवस्थाको कुनै लक्षण देख्नेबितिकै चिकित्सककाँहा वा अस्पताल लानुपर्दछ । नियमित रुपमा औषधी सेवन गर्नुपर्दछ ।

गम्भीर किसिमको संक्रमण भई अइा स्थिति बिग्रन नदिन चिकित्सकको परामर्शमा खोप पनि लगाउन सकिन्छ ।

यो रोग पूर्णरुपका निको  नहुने भएकाले यसबाट हुने जटिलताहरुलाई राकथाम गर्नु पर्दछ ।

                            जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ

                                               
 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.