Websoft University

गुम्बा डाँडामा मोटरसाईकल दुर्घटनामा २ जना गम्भिर रूपमा घाईते भए

(फाएल फोटो)

गाईघाट, बैशाख ३ गते । रातो तारा डट कम,
उदयपुरको कटारी नगरपालिका वडा न. ३ गुम्बा डाँडामा सोमबार साझ भएको मोटरसाईकल दुर्घटनामा २ जना गम्भिर रूपमा घाईते भएकाछन् ।
.
मिर्चैयादेखि कटारी तर्फ तिब्र गतिमा जादै गरेको च ७ प ९२१८ नम्बरको मोटरसाईकल गुम्बा डाँडाको ओरालोमा अनियन्त्रित भई सडकदेखि देब्रे तर्फ उछिटिएर दुर्घटना हुँदा कटारी नगरपालिका वडा न. ३ बस्ने सागर थापा र समिर तामाङ्ग गम्भिर रूपमा घाईते भएको ईलाका प्रहरी कार्यालय
कटारीका डि.एस.पी. मेघराज अधिकारीले बताए ।

मोटरसाईकल चालक सागरको दुबै आँखा बाहिर निस्केको छ, भने अर्का घाईते समिरको टाउकोमा चोट लागेको छ ।
दुबै घाईतेको कटारी अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थीत न्यूरो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।


श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.