श्याम राई-गाईघाट, बैशाख ३ गते । रातो तारा डट कम,
त्रियुगा नगरपालिका गाईघाटका मेयर बलदेब चौधरीका पिए ओम श्रेष्ठ प्रहरी हिरासत भित्रै कुटिएको घटनामा छानविन समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले उक्त घटनाको छानविन गर्न प्रशासकिए अधिकृत कुमार खड्काको नेतृत्वमा दुई सदस्य छानविन समिति गठन गरेको छ । गत शनिबार राती प्रहरीसँग भएको सामान्य विवादमा पक्राऊ परेका श्रेष्ठ थुनुवा कक्षमा राखेको केही बेरमै बन्दी द्धारा कुटिएका थिए ।
श्रेष्ठले प्रहरीको निर्देशनमा आफू कुटिएको आरोप लगाउँदै जिल्ला प्रशासनमा उजुरी गरेपछि घटनाको छानविन गर्न स्थानीय प्रशासनले आईतबार छानविन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए ।
प्रहरी हिरासत भित्रै कुटिएका श्रेष्ठले प्रहरी प्रमुख एस.पि नवराज भट्टको निर्देशनमा आफूले कुटाई खाएको आरोप लगाएकाछन् ।‘ सामान्य विवादमा मलाई जबरजस्ती पक्रेर थुनामा राखि कुटपिट गरियो ।’ ओम श्रेष्ठले भने । एस.पी. आफू आएर मलाई कुट्न प्रहरीलाई निर्देशन गरे ।’ कुटपिटबाट शख्त घाईते श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भैरहेको
छ । प्रहरी हिरासतमा भएको कुटपिटको विरोधमा आईतबार साँझ स्थानीय युवाहरुले गाईघाट बजारमा मशाल जुलुस निकालेका छन् ।

Post a Comment