विराटनगर, बैशाख ११ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकालाई बार्षिक डेढ करोड आर्थिक भार थपिनेगरी जनप्रतिनीधिहरुको पारिश्रमिक निर्धारण गरिएको छ ।
विराटनगर महानगर नगरकार्यपालिकाको बैसाख ९ गते बसेको १४ औ बैठकले बार्षिक एक करोड ४९ लाख ५८ हजार आर्थिक भार थपिनेगरी जनप्रतिनिधिहरुको पारीश्रमिक निर्धारण गरेको हो ।
महानगरपालिकाले प्रमुखदेखि वडा सदस्य सम्मको पारीश्रमिक तोकेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले मासिक ५० हजार पारीश्रमिक तोकिदा वडा सदस्यहरुकालागि मासिक ६ हजार पाँच सय रुपैया तोकिएका छ । उपप्रमुख इन्दिरा कार्कीको पारिश्रमिक मासिक ४५ हजार निर्धाण गरिएको छ ।
मोरङका कुनै पनि स्थानीय तहले वडा सदस्यहरुकालागि बैठक भत्ता बाहेक पारिश्रमिक तोकेको छैन् । तर ६ हजार पाँचसय वडा सदस्यहरुको पारीश्रमिक तोकेको महानगरपालिकाले वडा अध्यक्षहरुकालागि मासिक ३० हजार र कार्यपालिका सदस्यहरुकालागि मासिक १५ हजार पारिश्रमिक तोकेको हो ।
गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको पारिश्रमिक तोकिएको थिएन् । पारिश्रमिक नतोकिएको भन्दै जनप्रतिनिधिहरुले गुनासो गर्दै आएका थिए । अझ वडा सदस्यहरुले पारीश्रमिकको माग गर्दै आन्दोलननै गरेका थिए । वडासदस्यहरुको माग सम्बोधन गर्दा महानगरपालिकाको कोषबाट ७१ जना वडा सदस्यहरुकालागि बार्षिक ५५ लाख ३८ हजार भार थपिएको छ ।
पूँजितगत भन्दा तलब भत्ता लगायत शिर्षकमालागि छुट्याइएको चालु खर्च बढि छ स्थानीय तहहरुमा । महानगरपालिकाले पारिश्रमिक निर्धारण गर्दा चालुखर्च अझ बढ्ने देखिन्छ ।
१९ वटा वडाहरु रहेको महानगरपालिकामा वडा अध्यक्षहरुकालागि बार्षिक ६८ लाख ४० हजार खर्च हुनेछ भने ८ जना कार्यपालिका सदस्यहरुकालागि बार्षिक १४ लाख ४० हजार खर्च हुने छ ।
Post a Comment