श्याम राई-उदयपुर-गाईघाट, चैत्र २२ गते । रातो तारा डट कम,
बर्षासँगै परेको चट्याङले उदयपुरमा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएकाछन् ।
उदयपुरको कटारी नगरपालिका वडा न. १३ मोहिनीटारमा बुधबार राती ८ बजे परेको चट्याङबाट घरमा बसिरहेको ४६ वर्षिया हिरामाया जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङमा परि घाईते ७० वर्षिया जलशरी राई, २६ वर्षिया सिता राई, ४० वर्षिय खेत वहादुर सुनवार र १६ वर्षिया तारा राई रहेका छन् । घाईतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको छ । चट्याङ लागेर सोही ठाउँ पुष्प राउतको एउटा गाई समेत मरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. नवराज भट्टले बताएका छन् ।
Post a Comment