विराटनगर,चैत २० गते । रातो तारा डट कम,यस वर्षको उत्कृष्ठ सहकारी पत्रकारीता पुरस्कार मकालु टेलिभिजनका बरिष्ठ संवाददाता नविनचन्द्र कर्णलाई प्रदान गरिएको छ ।
मन्त्री घिमिरेबाट पुरस्कार गहण गदै कर्र्ण
सहकारी पत्रकारीतामा कलम चलाउने उत्कृष्ठ पत्रकारहरुलाइ डिभिजन सहकारी कार्यालय मोरङले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । यसपटकको पुरस्कार मकालु टेलिभिजनका बरिष्ठ संवाददाता कर्णलाई प्रदान गरिएको हो ।
६१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आज आयोजित समारोहमा कर्णलाइ एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले पाँच हजार नगद राशी र सम्मान पत्र सहित पुरस्कृत गरेका थिए ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घिमिरे सहकारीका माध्यमबाट आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सबै नागरिकले अनिवार्य रुपमा सहकारीमा आबद्ध हुने वातावरण बनाउन जरुरी रहेको
बताए ।
सहकारी अभियानले ग्रामिण भेगका जनता सम्मको आर्थिक विकासमा सहयोग पु¥याउनुका साथै सामाजिक सद्भाव समेत कायम राख्न महत्वपुर्ण भुमिका खेलेको उनले उल्लेख गरे । त्यस्तै कार्यक्रममा बोल्दै सहकारी महासंघका संचालक रमेश पोखरेलले रेमीट्यान्सको भरमा चलिरहेको हाम्रो मुलुकको दिगो विकासका लागि सहकारीले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउँदै सहकारीमा युवा सहभागितामा बृद्धि गर्न जरुरी रहेको औंल्याए ।
Post a Comment