गाईघाट, चैत्र २४ गते । रातो तारा डट कम,क्षमता भन्दा बढी कैदी बन्दी राख्नु पर्दा जिल्ला कारागार उदयपुरको अवस्था बेहाल बनेको छ । बढी कैदीबन्दी भएकै कारण ठाउँ अभाबमा कारागार प्रशासनले महिलालाई कार्यालय कोठा र भान्सा घरमा बस्ने व्यवस्था मिलाएको छ ।
झण्डै ४ दशक अघि निर्माण भएको उदयपुर कारागारको क्षमता ५० जना रहे पनि अहिले महिला पुरुषगरि १२३ जना कैदी बन्दी राखिएको छ । बढी कैदी बन्दी भएकै कारण उनीहरुलाई बस्ने समस्या भएको छ ।
‘ धरै जसो कैदी बन्दीलाई एकै ठाउँमा कोचेर राख्नु परेको
छ ।’ जेलर मुकुन्द ढकालले भने ।‘ एकै कोठामा धेरैलाई राख्दा समेत ठाउँ अभाब भएको छ ।’ उनले भने ।
कैदी बन्दी बढी भएकै कारण प्रशासनिक कोठा र भान्सा घरलाई समेत कैदी बन्दी राख्ने ठाउँको रुपमा प्रयोग गरिएको उनले बताए ।
कारागारमा ९ जना महिला कैदी बन्दि रहेकोमा ६ जना लाई भन्सा कोठा र दैनिक प्रशासन संचालन हुँदै आएको कोठामा राखिएको छ ।‘ दिनभरी उनीहरुलाई भित्रै राखिन्छ भने रात परेपछि भान्सा र कार्यालय कोठामा राखिने गरेको जेलर ढकालले भने ।
‘जेहेन तेहन सबैलाई मिलाएर राखेका छौ ।’ उनले भने । अब कैदी बन्दि थप भएमा राख्न निकै समस्या पर्ने उनले बताए ।
कारागारको अवस्था बारे स्थानीय प्रशासन हुँदै कारागार व्यवस्था विभाग र गृह मंत्रालयलाई समेत जानकारी गराएको वर्षौ भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको ढकालले बताए ।
‘ एक दशक भन्दा बढी समयदेखि हामीले कारागारको अवस्था बारे माथिल्लो निकायलाई जानकारी गराउँदै आएका छौ । तर अहिले सम्म केही हुन सकेको छैन ।’ जेलर ढकालले भने ।
‘ चालिस वर्ष अघि बनेको कारागार भवन समेत जिर्ण बनेको छ । त्यति बेल बनेको भवनले अहिलेको कैदी बन्दीको चापलाई थेक्न सक्दैन ।’ उनले भने । निकै दुःख गरेर भएपनि हामिले कैदी बन्दीको व्यवस्थापन गरेका छौ ।’ ढकालले भने ।
कारागारको नाममा १ विगाहा १४ कठ्ठा जग्गा रहेको छ । नयाँ भवन बनाउन उक्त जग्गा प्रयाप्त भएपनि माथिबाट अहिले सम्म पैसा नआउँदा कारागार प्रशासनको टाउको दुखाई बनेको छ ।
नयाँ भवन बनाउन हरेक जेलर फेरीएसँगै केन्द्रसँग लिखित रुपमै माग हुदै आएपनि केन्द्रको बेवास्थाको कारण उदयपुर कारागारले नयाँ थप भवन पाउन सकेको छैन ।
वि.स.२०७२ सालको भुकम्पबाट समेत कारागार भवनलाई केही क्षती पुगेका छ । तर क्षतिग्रस्त भवनको पुन निर्माण भएको छैन । जिर्ण भवनकै कारण कुनै पनि बेला कारागारमा दुर्घटना हुन सक्ने स्वयम् कैदी बन्दिहरुको धारण पाईन्छ ।
वि.स.२०३७ सालमा कारागारको नयाँ भवन बोक्सेमा बनेपछि गाईघाट बजारदेखि जिल्ला कारागार बोक्सेमा सरेको हो ।
श्याम राई-उदयपुर

Post a Comment