बिराटनगर,बैशाख ६ गते । रातो तारा डट कम, महानगरपालिकाको बिकास जनमजदुर कै भरमा काम भईरहेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन ।
महानगरपालिका वडा नम्वर ११ बस पार्क पस्चितिरको शिक्षा कार्यालय उतरट्टीको नाला निर्माण बाङ्गगो बनाएको भन्दै बिबाद भएकोछ ।
यसैबिषयलाई बुइन मेयर भीम पराजुलीलाई सम्पर्क गर्दा वहाले फोन नउठाए पछि इन्जिनियर तथा प्रोजेक्ट प्रमुख भरत न्यौपानेलाई सम्पर्क गर्दा बिहानैबाट बिवाद भएको सुनेको छु, काम रोक्न लगाउने बताउनु भएको थियो, तर काम रोकिएन ।
बिराटनगर ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपाने र सदस्य श्याम सुन्दर कामत, रिन्कु परियार,समेतले दिउसो अनुगमन गर्न जादा प्राबिधिक नभएकाले जन मजदुर कै भरमा काम भइरहेको उनीहरुले मनखुसि बाङगो टिङगो नाला बनाएको भन्दै पत्रकार,अरु मानिसहरु समेत हेर्न बोलाएका थिए ।
आसिस कम्पनीका धिरेन यादव समेतको मिलेमत्वमा कमसल सामाग्री प्रयोग र बाङगो टिङगो नाला बनाइरहदा पनि महानगरपालिकाका प्राविधिकहरुको उपस्थिति नरहेको भन्दै जनप्रतिनिधिहरुको गुनासो बढे्कोपाइएकोछ ।
यो नाला निमार्णको बिवरण आए पछि पुन समचार प्रकाशन गरिनेछ ।
Post a Comment