Websoft University

‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार–२०७४’ ६ महिला पत्रकारले पाउने


काठमाडौ,बैशाख ११ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघले संयुक्त राज्य अमेरिकामा क्रियाशील संस्था मदरल्याण्डसँगको सहकार्यमा प्रदान गर्दै आएको ‘‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष लैङ्गिक समानताको नारासहित सगरमाथा आरोहण गर्ने अभियानमा निस्किएका ६ जना पत्रकार महिलालाई प्रदान गर्ने निर्णय गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

पुरस्कार छनौटका लागि गठन भएको छनौट समितिको २०७५ वैशाख ११ गते बसेको बैठकले सगरमाथा आरोहणको अभियानमा निस्केका पत्रकार महिलाहरू रोसा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता वुद्धाचार्य, डोमा शेर्पा र देउराली चाम्लिङ्गलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरेको हो ।

सगरमाथा आरोहणमा संलग्न ६ जना पत्रकार महिलालाई संयुक्तरूपमा रु एक लाख वीस हजार नगद र सम्मानपत्रसहित यो पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आगामी मे ३ (वैशाख २०) गते एक कार्यक्रमको आयोजना गरी प्रदान गर्ने महासचिव रमेश विष्टले जानकारी गराउनु भएकोछ । 

   
    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.