बिराटनगर,चैत्र १८ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिकाले आयोजक र सह आयोजक युनिसेफ समेतको सयुक्त आयोजनामा स्थानिय शासनमा बालमैत्री तथा बाल संरक्षणमा तिनका सवालहरु बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
कार्याक्रममा बोल्दै, वडा अध्यक्ष तिथेन्द्र न्यौपाले बिगतको कुरा गर्दै, बिराटनगरमा करिव २८ सय बाल बालिकाहरु बाल श्रममा परेका थिए र तिनलाई न्युनिकरण गर्दै जान अहिले महनगरपालिका सफल भएको र यो महानगरमा बाल मैत्री घोषणा भईसकेको भन्दै सबै सहभागिहरुलाई धन्यावाद दिनु भयो । कार्यक्रम पहिलो र दोस्रो सत्रमा चलेको थियो।
बिराटनगर महानगरपालिकाले स्थानिय शासन प्रब्रद्र्घन कार्यक्रम अन्तरगत दोस्रो चरणको कार्यक्रममा वडामा निर्वाचित जनप्रतिनिधिहरु सहित सरोकारवालाहरु संग बाल अधिकार तिनको शिक्षा स्वास्थ्य, कानुनी प्राबधान बाल श्रमको अन्त्य,बाल मैत्री घोषणा उनिहरुको अधिकार बाल अदालत संरक्ष संम्बन्धि बहस जस्ता कुराहरुलाई आधार बनाएर एक दिने अभिमुखि कार्याक्रम संन्चालन गरिएको थियो ।
बाल अधिकारको बारेमा संबिधानमा उल्लेख भएका कुरा कानुनी अडचनहरु र तिनका उपायहरुका बारेमा सचेतना गराउने देखि खानेपानी बाल बालिकाहरुको जन्म दर्ता स्वास्थ्या खानपान पोषण खोप बाल बालिकाहरु संगको बहस स्थानिय सरकारले अव बनाउने कानुन निर्माणमा बाल बालिकाहरुको सहभागिता लगाएत बाल बालिकाहरुले पाउने दश प्रकारका सुबिधाहरुका बोरेमा बिराटनगर महानगरपालि काका सामाजिक शाखा प्रमुख डिल्ली धिमाले अभिमुखिकरणमा सहभागिहरुलाई प्रशिषण गर्नु भएको
थियो ।
Post a Comment