Websoft University

जेफाले भलिबल प्रतियोगिताको उपाधि केराबारी गाउँपालिकालाई


युवराज ठकुरी /सिंहदेवी,मोरङ बैशाख ६ गते । रातो तारा डट कम, "हाम्रो जेफाले हाम्रो पहिचान ,अनुशासित खेलाडीको सम्मान"भन्ने मुल नारा सहित  केराबारी गाउँपालिका-२,सिंहदेवी,मोरङमा आयोजित भलिबल प्रतियोगिताको उपाधि केराबारी गाउँपालिकाले हात पारेको छ।
   
इटहरी उपमहानगर पालिकालाई पराजित गर्दै केराबारी गाउँपालिकाले प्रथम पुरस्कार हात पारेको हो।
 नयाँ २०७५को अवसर पारेर जेफाले पर्यटन मेला तथा भलिबल प्रतियोगिता बैशाख १गते देखि ४गतेसम्म सन्चालन गरिएको समितिका अध्यक्ष भीम ठकुरीले बताए।
 जेफाले पर्यटन क्षेत्रको प्रचारप्रसारमा वैशाख १गते सृजना वाचन र शुभकामना आदानप्रदान कार्यक्रम पनि  गरिएको थियो।
 
भलिबल प्रतियोगितामा मोरङ,सुनसरी ,धनकुटाका गरि ११टिमले सहभागिता जनाएको आयोजकले बताएको छ।
प्रतियोगितामा दोस्रो हुने इटहरी उपमहानगर पालिका भलिबल टिमले पचास हजार र प्रमाणपत्र ,कप,मेडल र प्रथम केराबारी गाउँपालिका भलिबल टिमले हुनेले तीसहजार र प्रमाणपत्र ,कप,मेडल हात पारेको छ।
   
प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका कार्यालय रहेको थियो भने   २नं.वडा कार्यालय सिंहदेवी र अन्य सहयोगी व्यक्ति संस्थाहरू रहेका थिए।
 उक्त अबसरमा १५सय जना जेफाले भ्युटावर चढेर अबलोकन गरेका थिए।

प्रतियोगिताको पुरस्कार वितरण प्रदेश सभा ख का सांसद उपेन्द्र घिमिरे र विराट पर्यटन क्षेत्र तथा जेफाले पर्यटन विकासका अध्यक्ष डिल्लीराम शर्मा ,केराबारी गाउँपालिका-२सिंहदेवीका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.