Websoft University

राहात बितरण नभएकोमा माछा व्यावसायि आन्दोलित


बिराटनगर,चैत्र १९ गते । रातो तारा डट कम,मोरङ जिल्लाका माछा व्यावसायिहरुले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर सरकारले दिएको करिव ५ करोड बढी रकम बाढी पीडित माछा कृषकहरुलाई बितरण गरेको भन्दै आन्दोलनमा जाने निर्णय सुनाएका छन ।

२०७४साल साउन २७ र २८ गते मोरगमा भएको बाढीले माछा पोखरी बगाएको माछा बाढीले माछा परेका पोखरीनै धेरै ठाउमा पुरीएको भत्काएकेकाले त्यसको क्ष्यतिपुर्ति सरकारले दिने भन्दै घोषणा नै गरेर निबेदन परेकाहरुको नाममा राहात कृषि बिकास कार्यालय बिराटनगरमा करिव ५ करोड बढी रकम आइसक्ता पनि कृषकहरु सो रकम बााडने नियात नदेखिएकाले दवावका लागि यो पत्रकार सम्मेलन गर्नु परेको हो भनेकाछन ।

कार्यक्रममा बोल्दै माछा व्यावसायि संघका अध्यक्ष बलराम प्रसाईले पहिलो चरणमा रंगेली र बेलवारीका ७४ जना कृषकहरुले दिएको निवेदनका आधारमा २ करोड ९१ लाख ११ हजार निकासा भएर आएको तर आफुहरुले नपाएकोले सो रकम छिटो उपलब्ध गराउन कृषि बिकास कार्यालयलाई अनुरोध गरेको छन ।

मोरंग जिल्ला भरी ३ सय ३६ जनाले आफनो बिबरण भरेर त्यस बेला राहात मागेका र उनका नाममा करिव ५ करोड बढी रकम समेत निकासा भई कृषि बिकास कार्यालय बिराटनगरमा आई सक्ता पनि कुनै बिसानहरुले आज सम्म राहात पाएको भन्दै छिटो राहात बितरण गर्न भनेका छन ।

मोरगमा करिव ६८४ जना बाँढी पीडित माछा कृषकहरुले राहात मागेकाले छिटो आएको रकम कृषहरुलाई बितरण गर्न भनेका छन । बलराम प्रसाईले आफना कुरा राख्दै अव चैत्र २८ गते बाट जिल्ला कृषि कार्यालय खारेजी हुने भएकाले त्यो भन्दा पहिलानै राहात बाँढन भनेकाछन । राहात बितरण नभए आफुहरु आन्दोलनमा जाने समेत जानकारी गराएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.