Websoft University

चैनपुरलाई ३–१ गोलले हराउँदै खाँदबारी फाईनलमा

मोहन राई-संखुवासभा बैसाख २० गते । रातो तारा डट कम, संखुवासभाको चैनपुरमा जारी मेयर गोल्डकपको फाईनलमा खाँदबारी र पाँचखपन पुगेको छ । आज संखुवासभा बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगितामा आयोजक चैनपुरलाई ३–१ गोलले हराउँदै खाँदबारी फाईनलमा पुगेको हो ।

खाँदबारीका तर्फबाट दीपन तामाङले २९ औ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिए । चैनपुरका खेलाडीको तालमेल नमिल्दा दिपकले पुन दोश्रो हाफको दोश्रो मिनेटमा अर्को गोल थपे । खेलको ३० औ मिनेटमा खाँदबारीका समिर राईले अर्को गोल थपेका थिए ।

त्यसको ३ मिनेट पछि चैनपुरका मिकल तामाङले गोल फर्काए । पटकपटकको कर्नर किक र फ्रि किकको सदुपयोग राम्ररी गर्न नसक्दा चैनपुरले घरेलु मैदानमा हार व्यहोर्नु पर्र्यो ।

अर्को खेलमा मोरङको उर्लाबारीलाई हराउँदै संखुवासभाको पाँचखपन फाईनलमा पुगेको हो । टाईबेकरमा पाँचखपनले उर्लाबारीलाई ५–३ गोलले हरायो । पाँचखपनका हिसुप थपलियाले पहिलो हाफको २१ औ मिनेटमा गोल गरेर अग्रता दिएका थिए ।

उर्लाबारीका अरुण लिम्बुले दोश्रो हाफको २३ औ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.