Websoft University

अवैध गिट्टी बालुवा उत्खनन्‌ गर्ने जेसिबि र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिनथाल्यो

मोरङ, जेष्ठ ११ गते। रातो तारा डट कम,प्रहरीले मोरङको केराबारीबाट  अवैध रुपमा गिट्टी-बालुवा उत्खनन् गर्ने जेसिबि र चार वटा ट्याक्टरलाई बिहिबार नियन्त्रणमा लिएको छ।

केराबारी गाउँपालिका ७, ८ र १० स्थित खदम खोलाबाट मापदण्ड विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन्‌तथा ओसार पसारमा संलग्न रहेका ना १ क ६८५४ नम्बरको जेसिबि तथा को १ त ४८३८, को २ त ७३४०, को २ त ६८४५ र को २ त ४३२१ नम्बरको ट्याक्टर इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाइएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.