गाईघाट, बैशाख २० गते । रातो तारा डट कम,प्रहरीले प्रतिबन्धित लागू औषध विक्री गर्ने मेडिकल संचालक र खरिद
गर्ने युवालाई बुधबार पक्राऊ गरेको हो ।
त्रियुगा नगरपालिका वडा न.११ स्थित प्रदिप फार्मेसीका संचालक प्रदिप कुमार महातो र स्थानीय युवा १९ वर्षिय विशाल परियारलाई तीन किसिमको लागूऔषध १ हजार ४ सय ३० टयाबलेट सहित पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मान वहादुर श्रेष्ठले
बताए । प्रहरीले दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । श्याम राई -उदयपुर
Post a Comment