Websoft University

भारतीय स्कारपियोको ठक्करबाट महिलाको मृत्यु


बिराटनगर बैशाख २९ गते। रातो तारा डट कम,
मोरङको रतुवामाई नगरपालिका-४ भद्रचौकमा शुक्रबार भारतीय स्कारपियोको ठक्करबाट साइकलमा सवार एक महिलाको ज्यान गएको छ।

ज्यान गुमाउनेममा  झापा जिल्ला गौरीगंज गाउँपालिका-२ बस्ने २५ बर्षिया मनिका ताजपुरीया रहेकी छिन्।

उनलाई पश्चिमतर्फ आउँदै गरेको डब्लु बी ७४ क्यु ९१८० स्कारपिओ गाडीले साँझ ६ बजेतिर ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो।

 दुर्घटनामा उनकै ३ बर्षिय छोरा राहुल ताजपुरीया गम्भिर घाइते छन्। उनको  झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ भने स्कारपियो र चालक  इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.