Websoft University

सुन काण्डमा थप २ जना पक्राउ परे


काठमाडौ,जेठ १ गते । रातो तारा डट कम,
बिचैमा बेपत्ता भयो भनिएको साढें ३३ किलो सुन तस्करी काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको अनुसन्धान टोलीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरु काठमाण्डौबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा दमकका विनोद अधिकारी र दोलखा भीमेश्वर नगरपालिकाका मोतिराम श्रेष्ठ छन् । प्रहरीले गिरफ्तार गरेर अनुसन्धान अघि बढाएका दुवै जनाले सुन तस्करलाई सहयोग गरेको प्रहरीको दावी छ ।

उनीहरुले हुण्डी मार्फत रकम पठाउने तथा प्राप्त रकम तस्करीमा संलग्न विभिन्न व्यक्तिहरुलाई वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धाले देखाएको छ । झापा दमकका विनोद अधिकारीव न्यु सिद्धकाली मनि ट्रान्फरका संचालक हुन् ।  सुन तस्करीका नाइके चुडामणी उप्रेती ९गोरे० समूहबाट बरामद भएको वहिखातामा उल्लेख भएका व्यक्तिहरुलाई अधिकारी मार्फत रकम भुक्तानी हुने गरेको बताइएको छ।

अधिकारीले हुण्डी मार्फत दुवई रकम पठाउने गरेको र दोलखाका मोतिरामले दुवईमा रकम बुझेर विभिन्न व्यक्तिहरुलाई रकम दिने गरेका प्रहरीको दावी छ  । उनी लामो समय दुबई बसेर ६ महिनाअघि मात्र नेपाल आएका हुन् ।  पक्राउ परेका दुवै जना यसअघि अभियोग लगाइएका ६३ जना अभियुक्त बाहेकका हुन् ।

उनीहरुसहित सुन काण्डमा ६५ जना संलग्न देखिएका छन् भने ३२ जना पक्राउ परेका छन् । अनुसन्धाका क्रममा शंकास्पद देखिएका संजिव खड्कासँग यी दुवै जनाको मिलेमतो देखिएकोले फरारको सूचिमा संजिव पनि तानिने निश्चित भएको छ । अनलाइन बाट


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.