Websoft University

रंगेली अस्पतालमा प्रसुती सेवा सुरु हुने


रबिन्द्र बराल -माेरङ,वैशाख २१ गते शुक्रबार  ।
रातो तारा डट कम,
रंगेली नगरपालिका ७ मा रहेको रंगेली जिल्ला अस्पतालमा २४ घन्टे अब अाकिस्मक प्रशुति शल्यक्रिया सेवा  संचालनमा आउने भएको  छ । बिहीबार  भएको याेजना तर्जुमा कार्यशाला गाेष्ठिमा उक्त कार्यक्रमकाे जानकारी गराएका
 थिए । स्वास्थ्य मन्त्रालय अन्तर्गत  स्वास्थय महाशाखाले सेवा संचालनका लागि उपकरण  र डाक्टर काे ब्यवस्थाप मिलाए पछि उक्त सेवा  संचालन हुन लागेकाे हाे ।

अस्पतालका  मेडकल सुपरिटेनडेन डा उत्तम  देवले वताउनुभयाे । उहाँका अनुसार  जेठकाे पहिलो साता बाट साे  सेवा संचालन गर्ने  तयारी भईरहेकाे बताउनुभयाे ।
 करिव २५ लाख रुपैयाँँ काे लागतमा  प्रसुति सवामा प्रयोग  हुने उपकरण खरिद गरेकाे समेत बताए । सेवा संचालनका लागि ५ वटा वेडकाे  व्यवस्था मिलाउन  अस्पतालका  अाेटी ईन्चाज  विनाेदकुमार सिंहले  वताउनुभयाे ।

उपकरण सहित २५ लाख कर्मचारी व्यवस्थापनमा खर्च हुने समेत बताए ।  अप्रेस वेड र  अाईसु  जडान  समेत भईसकेकाे  छ । सेवा संचालनका लागि प्रसुति   राेग विशेषज्ञ डाक्टर प्रियंका मिश्र  अस्पतालमा  अाईसकेकाे  अस्पतालका सुचना अधिकृत गाेविन्द   कटुवालले वताउनुभयाे   । 

साे अस्पतालमा प्रसुति सवा  नहुदाँँ सामान्य प्रसुति गराउन रंगेली देखि २२ किलोमिटर टाढा बिराटनगर पुग्नु पर्ने अवस्था रहेको थियो ।  अस्पताल ले साउन महिना देखि उक्त  अस्पतालमा अाएका  ५९ जना महिला हरुलाई बिराटनगर रेफर  गरेकाे कटुवालले बताए ।

अस्पतालले अहिले नर्मल डिलेवरी मात्रै गर्दे अाएकाे छ ।  अस्पताल ले १० महिनाकाे अबधिमा   १ सय ४० वटा  नर्मल डिलेवरी गराएकाे छ ।  सेवा संचालनमा अाएपछि  सवै प्रकारका प्रसुति रंगेली अस्पताल बाट सुरु हुने   सुचना अधिकृत कटुवाल ले  बताए । उक्त कार्यक्रममा रंगेली नगरपालिका का उप मेयर केशव कुमारी खलाल , रंगेली का कार्यकारी लक्ष्मी प्रसाद रेग्मी , अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सुरेश मिश्र, बडा नम्बर ७ का रामचन्द्र मन्डल, रुपेश मंडल,महान्नद मंडल, ले लगायतकाे उपस्थित रहेको थियोे ।

प्रसुति सेवा रंगेली मा सेवा सुरु भए पछि रंगेली नगरपालिका सुनवर्सि नगरपालिका ,धनपाल गाउँ पालिका, रतुवामाई नगरपालिका ,कानेपाेखरी गाउँ पालिका, र सिमाबर्ति क्षेत्रमा रहेकाे कुवाडि,कुर्साकट्टा, लगायतका सर्वसाधारण हरुले रंगेली अस्पतालबाट सेवा लिए ता पनि साे अस्पताल मा गरिब तथा मध्यम बर्गका मानिस हरुले साे अस्पताल बाट सुबिधा लिईरहेका छन ।

भने हुने खाने परिवार हरु भने बिराटनगर गएर अाफ्नाे उपचार गराई रहेका छन ।प्रसुति सेवा सुरु भए पछि उक्त अस्पताल मा सेवा लिन अाउने हरुकाे चाप बढने बडा नम्बर ७का बडा अध्यक्ष रामचन्द्र मंन्डलले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.