Websoft University

सात धारेमा वडा अध्यक्षले ईन्जिनियर कुटे

(फाएल फोटो)

गाईघाट,जेष्ठ ९ गते । रातो तारा डट कम,
राष्ट्रिय गौरबको आयोजना अन्तर्गत चतरा–भिमान सडक खण्डको सात धारेमा बुधबार वडा अध्यक्ष द्धारा निर्माण कम्पनीका ईन्जिनियर माथि कुटपिट गरिएपछि सडक निर्माणको काम ठप्प भएको छ ।

नक्साकंन परिवर्तनको विवादले चार महिनादेखि उक्त सडक खण्डमा निर्माणको काम बन्द हुदै आउकोमा मंगलबारदेखि पुःन काम शुरु भएको थियो । तर उक्त घटनापछि बुधबारदेखि निर्माण ठप्प भएको छ ।

उदयपुरको चौढण्डी नगरपालिका वडा न.१० का वडा अध्यक्ष कमलध्वज राईले निर्माण कम्पनी लामा एण्ड शर्मा जेभिका ईन्जिनियर सन्दिप विष्ट र किशोर केसी माथि बुधबार विहान निर्माण स्थलमै कुटपिट गरेका थिए ।

वडा अध्यक्ष राईको घर सडकमा पर्ने भएपछि एलाईमेन्ट( नक्साकंन) परिवर्तन गर्न दिदै आएको दबाब नमान्दा उनले ति दुई कर्मचारीलाई कुटेको हुन् । निर्माण कम्पनीले आफना कर्मचारी कुटिएपछि असुरक्षित महसुस गर्दै निर्माणका सबै काम रोकेका हुन् ।

१ सय ३४ किलोमिटर सडक निर्माण गर्न करिब ६ अर्बको ठेक्का पाएको लामा एण्ड शर्माले अहिलेसम्म पूर्वि खण्डमा ४० प्रतिशत काम सम्पन्न गरिसकेकोछ । चार महिनादेखि बाटोको काम अवरुद्ध हुदा निर्धारित समयमा काम सक्न ठेकेदार कम्पनीलाई समस्या हुदै आएको निर्माण कम्पनीले भने चतरा– गाईघाट–कटारी– सिन्धुली, हेटौडा सडकको पूर्वि खण्डमा एलाईमेन्ट परिवर्तन गर्न प्राविधिक कठिनाई भएको बताउदै आएको छ ।

यहि विवादको कारण उक्त सातधारे सडक खण्डमा चार महिनादेखि निर्माण अवरुद्ध भएको छ ।
लामा एण्ड शर्मा जेभिका डिपुटी मैनेजर सिताराम दाहालले असुरक्षित महसुस गरेर निर्माणको काम रोकेको बताए ।
‘सहयोग गर्नु पर्ने जन प्रतिनिधिबाटै कर्मचारी कुटिएपछि कसरी काम गर्नु ?’ उनले भने । काम गर्ने बातावरण बनेमा पुःन काम सुचारु गरिने उनले बताए ।
       श्याम राई-उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.