गाईघाट, बैशाख ३० गते । रातो तारा डट कम,
‘ए’ डिभिजन कल्ब मनाङं मस्र्याङदी गाईघाटमा जारी पाँचौ रमपम गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आयोजक उदयपुर–११ लाई घरेलु मैदानमा आईतबार १–० गोलले पराजित गर्दै मनाङले प्रतियोगिको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
मनाङले आयोजक विरुद्ध निकै सशक्त प्रदर्शन गरेका थिए । आयोजक उदयपुरलाई अन्तिमसम्म दबाबमा राखेको मनाङको तर्फबाट पहिलो गोल विमल रानाले गरे । उनले खेलको ८० औ मिनटमा टिमको लागि खाता खोले । मनाङंको जितमा उनी निर्णायक रहे । उनले अमिर श्रेष्ठको लामो पासमा डि बक्स भित्रबाट गोल गरे ।
मनाङले गोल गर्ने थुप्रै अवसरहरु उदयपुर ११ का गोल रक्षकले विफल तुल्याए दिए । डि बक्स भित्रका केही प्रहार किपरले राम्रो बचावट गरेको कारण मनाङले १ गोलमा चित्त बुझाउनु पर्यो ।
पहिलो हाफ गोल रहित बराबरी भए पनि आयोजक उदयपुरका खेलाडीहरुले समेत राम्रो प्रदर्शन गरेका थिए । विपक्षीको धेरै राम्रा प्रहार विफल तुल्याएर उत्कृष्ट खेल प्रदर्शन गरेका कारण उदयपुर–११ का गोल रक्षक रेम्बो चौधरी म्यान अफ दि म्याच घोषित भए । उनले नगद रु ७ हजार प्राप्त गरे ।
जेष्ठ ३ गते सम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन सहित ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेयताले नगद ५ लाख तथा उप विजेयताले ३ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन् ।
स्थानीय थरुहट रंगशालामा भैरहेको प्रतियोगिताको सोमबारको खेल थ्रि स्टार काठमाडौं र मोरङं–११ विच हुने
छ ।
Post a Comment