श्याम राई-उदयपुर-गाईघाट जेष्ठ ९ गते । रातो तारा डट कम,
मर्मत सम्भारको लागी १ महिना भन्दा बढी समय बाटो बन्द हुने भएपछि सिद्धिचरण राजमार्ग हुँदै उत्तरी पहाडी जिल्ला सोलु, ओखलढुगा र खोटागको लागी खद्यान्न लगाएतका अति आवस्यक सामाग्री ढुवानी हुन थालेको छ ।
स्थानिय व्यापारीहरुको समुहले पहाडी भेगका खाद्धन्न लगाएतका सामाग्रीहरुको अभाब हुन नदिन बाटो बन्द हुनु अगावै आईतबार देखि पहाडी भेगमा ढुवानी सुरु गरेका हुन् । जेठ १३ गते देखि असार १२ गते सम्म सिद्धिचरण राजमार्ग मर्मतको लागी १ महिना बाटो बन्द हुने भएको छ ।
कटारी देखी घुर्मी सडक खण्डको ठाँडी भन्झ्याङ्ग मा बाटो मर्मत सम्भार हुँदै छ । भिरालो र साँगुरो ठाडो उकालो भएकोले उक्त ठाउँमा धेरै सवारी दुर्घटना भएर जन धनको क्षति भएको छ । सो सडक खण्डको ठातीमा सिमेन्ट ढलान गरेर बाटो फराकिलो गर्ने गरी डिभिजन सडक कार्यलय लाहान ले टेण्डर लगाएको छ ।
उक्त कार्यको लागी बाटो पुरै बन्द गर्नुपर्ने भएकोले १ महिना भन्दा बढी समय कुनै पनि किसिमको सवारी साधन पूर्ण रुपमा बन्द गर्न ठेकेदारले सडकलाई गरेको अनुरोध पछि सडक कार्यलयले इलाका प्रशासन कार्यलय कटारीलाई लिखित पत्राचार गरेको थियो । ईलाका प्रशासनले जेष्ठ १२ गते बाटो बन्द गरी काम सुरु हुने जनाएको छ ।
डिभिजन सडक कार्यलय लाहानका प्रमुख राम कुमार देवले बाटो मर्मत सम्भार गर्ने स्थानमा डाईभर्सन निकाल्न नसकिने भएकोले बाटो पूर्ण रुपमा बन्द गर्नु पर्ने बताए ।उनले बर्षामा उक्त ठाउँमा बाढी पहिरोले बर्षेनी सडक बगाउने गरेकोले सडक मर्मत सम्भार दिगो रुपमा गर्न लगाएको बताए ।
“बाटो बन्द गर्नु बाहेक अरु कुनै बिकल्प नै छैन, डाईभर्सन निकाल्न ठाउँ नै छैन ।” उनले भने । बर्षेनी मर्मत सम्भार गरिरहनु भन्दा स्थायी रुपमा बाटो बनाउन लागीएको ले एक महिना जति सवारी आवगमन पूरै बन्द हुन्छ ।
सिराहाको बिकाश निर्माण सेवाले असार १५ गते भित्र काम सक्ने गरी सडक मर्मतको ठेक्का पाएको हो ।
एक महिना बाटो बन्द हुँदा पहाडी जिल्लासँगको आवगमन र दुवानी ठप्प हुदा पर्ने मानविय समस्यालाई मध्य नजर गरेर अहिले खाद्यन्य, औषधी र अति आवश्यक सामाग्रीहरु पठाउन थालिएको कटारीका व्यापारी नसिबलाल साहले बताए
सोलु, ओखलढुंगा र तल्लो भेगको खोटाङ जिल्लामा मालसमान सिद्धिचरण राजमार्ग हुँदै जाने गरेको छ । त्यसैले तिन जिल्लाको लागि अहिले दैनिक २० देखि ३० गाडी मालसमान पठाई रहेको उनले बताए ।
‘बाटो बन्द हुदा सबै कुरा ठप्प हुन्छ । सार्व साधरणलाई उपभोग्य सामाग्रीको अभाब हुन नदिन अहिले पहाडी जिल्लामा धमाधम मालसमान पठाईरहेको उदयपुर उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष पुष्कर खड्काले बताए ।
निर्धारीत समय भन्दा अगाडी नै बाटो मर्मत संभार गरिदिन स्थानीय व्यापारी, यातायात व्यावसायीले सम्बद्ध ठेकेदारलाई सडक डिभिजन कार्यालय मार्फत आग्रह गरेकाछन् ।‘
ठेकेदारलाई कुनै पनि वहानामा छुट पाउने छैनन् । तोकेको समयमा नै काम सक्नु पर्छ ।’ हिमाली यातायात व्यावसायी संघ उदयपुरका उप महिासचिब सत्रुधन कार्कीले भने ।‘ सर्व साधरणको जनजिवनसँग प्रत्यक्ष सरोकार रहने भएकोले ठेकेदारले काममा ढिलासुस्ती गर्नु हुन्न ।
सडक डिभिजन लहानका डिई देवले निर्धारीत समय अगाडी नै सक्न ठेकेदारलाई निर्देशन दिएको बताए ।

Post a Comment