गाईघाट, बैशाख ३१ गते । रातो तारा डट कम,
जिल्ला अस्पताल उदयपुरमा रेविज विरुद्धको भ्याक्सिन अभाब हुदा विरामी मार्कामा परेकाछन् । कुकुरले टोकेर उपचारको लागि अस्पताल पुग्ने विरामीहरुले औषधी पसलबाट महङ्गो मूल्यमा भ्याक्सिन किन्नु परेको छ । अस्पतालमा विगत २ सातादेखि रेविज विरुद्धको भ्याक्सिन अभाब रहेको छ ।
गाइघाट नगरको अलवा बेलटार र कटारी बजार आसपासका ग्रामीण भेगमा भुस्याहा कुकुरको संख्या धेरै रहेकोले उदयपुरमा रेविजको भ्याक्सिनको माग निकै रहेको अस्पताल श्रोतले जनाएको छ ।‘ अहिले पनि दैनिक २, ३ जनाको संख्यामा रेविज विरुद्धको भ्याक्सिन लगाउन विरामी अस्पताल आउने गरेकाछन् ।’ उदयपुर ओपिडि वार्डका अहेब भोला चौधरीले भने । दुई साता भन्दा बढी समयदेखि अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन छैन ।’ उनले भने ।
भ्याक्सिन अभाबमा विरामीले महंगोमा किन्नु पर्ने बाध्यता रहेको उनले बताए ।
उनले केन्द्र हुँदै क्षेत्रदेखि आउनु पर्ने रेविज विरुद्धको भ्याक्सिन लामो समयदेखि नभएको बताए । हामीले केन्द्रलाई तत्काल भ्याक्सिन पठाई दिनु पटकपटक लिखित तथा मौखिक रुपमा आग्रह गरेकोमा अहिले सम्म केन्द्रले नपाठाएको उनले बताए । केन्द्रले भ्याक्सिन खरिद अझै नगरेकोले देश व्यापाी रुपमा रेविज विरुद्धको भ्याक्सिन अभाब भएको उनले बताए ।
म आफै तिन पटक भ्याक्सिनको लागि काठमाडौं पुगे तर केन्द्रले अझै रेविज विरुद्धको भ्याक्सिन खरिद गरेको छैन । अहेब चौधरीले भने । पहिल्लो पटक बैशाख ४ गते काठमाडौंबाट आफैले ४० फायल रेविज विरुद्धको भ्याक्सिन ल्याएको उनले बताए ।
केन्द्रले टेण्डर प्रकृयाबाट खरिद गर्नु पर्ने भ्याक्सिन समयमा नै खरिद गर्न नसकेको कारण मूलुक भरी नै रेविज विरुद्धको भ्याक्सिन अभाब भएको हो । उदयपुर अस्पतालमा क्षेत्रबाट कोटा निर्धारीत भै मासिक ५ सय फायल, कटारीमा २ सय र बेलटार अस्पतालमा २ सय फायल रेविज विरुद्धको भ्याक्सिन आउने गरेको छ । तर २०७४ सालको साउन देखि भने माग बमोजिम नआएको अस्पतालले जनाएको छ । केन्द्र द्धारा निर्धारीत गरिएको कोटा घटाएर २ सय फायल मात्र आउने गरेको अहेब चौधरीले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष राकेस खत्रीले केन्द्र मै रेविज विरुघको भ्याक्सिन अभाब भएकोले मुलुक भरिको अस्पतालमा अहिले समस्या आई परेको बताए । उनले केन्द्रबाट खरिद प्रकृया अघि बढिसकेकोले अब केही दिनमै रेविज विरुद्धको भ्याक्सिन आईपुग्ने बताए ।
श्याम राई÷उदयपुर
Post a Comment