गाईघाट, बैशाख २२ गते । रातो तारा डट कम,
नेत्र विक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको कारण शनिबार उदयपुरको जनजिवन प्रभावित रह्यो ।
राज्यले आफनो कार्यकर्ता माथि धरपकट गर्दै झुठा मुद्दा लगाएर तिब्र रुपमा दमन गरेको विरोधमा एक दिने नेपाल बन्दको आयोजना गरेको हो । यातायात व्यावसायीले सेन्डिकेट हटाएको विरोधमा शुक्रबार यातायात संचालन नगरेपछि प्रभावित जन जिवन शनीबार पनि बन्दको कारण सर्व साधरणले सास्ती व्योहोर्नु परेको छ ।
बन्दको कारण जिल्लाको प्रमुख बजारमा यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । गाईघाट, कटारी र बेल्टार बजारदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी नचल्दा आफनो गन्तब्य तर्फ हिडेका सैयो यात्रीहरु विहानैदेखि बसपार्कमा अलपत्र परेका छन् । बजार, पसल र औधोगिक प्रतिष्ठानहरु भने फाट फुट्ट रुपमा खुलेकाछन् ।
बन्दको कारण जिल्लामा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. मेघराज अधिकारीले जानकारी दिनु भयो । श्याम राई÷उदयपुर
Post a Comment