श्याम राई - गाईघाट,जेठ १ गते । रातो तारा डट कम,
दमक गोल्डकपका बिजेता नेपाल प्रहरी लाई ट्राईबेकरमा हराउदै सुनसरी ११ उदयपुरमा जारी पाँचौ रमपम गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रबेश गरेको छ ।
स्थानीय थरुहट रंगशालामा भएको खेलको निर्धारित समयमा दुबै क्लब ले ३÷३ को गोल गरेपछि थपिएको १५ मिनेटको अतिरित्त समयमा कुनै पनि गोल नभएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ३÷२ गोल अन्तरले सुनसरी ११ बिजयी भयो ।
ट्राईबेकरमा सुनसरी का अनिल धामी बुद्धीमान राई र निसान लिम्बुले गोल गरेका थिए भन् रमन लिम्बु र रमेश राजबंशीको प्रहारलाई गोलकिपरले बिफल तुल्याएका थिए । प्रहरीको अभिषेक रिजाल र रिजन सुब्बाले गोल गरे भने सुमन लामा,बिक्रम धिमाल र दिनेश राजबंशीले गोल गर्न सकेनन् । खेलको ८ औ मिनेटमा प्रहरीले अग्रता लिएको थियो ।
राम बाजीले डिबक्स बाहिर बाट हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो । खेलको २४ औ मिनेटमा सुनसरीको सैजन याख्खा ले गोल गरि बराबरीमा रोके । सुनसरीका तीर्थ बस्नेतले ४३ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
मध्यन्न अघि २ ÷ १ ले अघि रहेको सुनसरीको तर्फबाट दोस्रो हाफको १९ औ मिनटमा रोशन लिम्बुले १ गोल गरि गोल संख्या ३ पुराएय । प्रहरीले ७८ औ मिनेटमा सुनसरी बिरुद्ध गोल गरि २ गोल संख्या २ पुरयाए । डिबक्स बाहिरबाट अभिष्ोक रिजालले प्रहार गरेको बल सिधै गोल हुन पुगेको थियो ।
इन्जुरी समयको अन्तिमा बिक्रम धिमालले गरेको गोलकै कारणले प्रहरीले सुनसरीलाई बराबरीमा रोकेको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच सुनसरीको गोल किपर बिष्णु चौधरी भए । उनले नगद ७ हजार हात पारे । बुधबारको सेमीफाईनल खेल थ्री स्टार ललितपुर र झापा ११ बीच खेल हुनेछ ।
Post a Comment