Websoft University

ठाटीमा बिहीबार टिपर दुर्घटना हुदाँ सहचालकको ज्यान


श्याम राई -गाईघाट,जेष्ठ ३ गते । रातो तारा डट कम,
उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका–११ ठाटीमा बिहीबार टिपर दुर्घटना हुदाँ सहचालकको ज्यान गएको छ।

कटारी बजारबाट सोलु हाईड्रोको सिमेन्ट बोकेर सोलुखुम्वु जादै गरेको ना.७.ख. ६७०६ नम्वरको टिपर सिद्धिचरण लोकर्मागको ठाटीमा दुर्घटना हुदाँ सिन्धुली दुधौली नगरपालिका–२ का सहचालक १८ बर्षीय इन्द्रबहादुर सार्कीको ज्यान गएको हो ।

दुर्घटनामा परि चालक ३५ बर्षीय शेरबहादुर खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मनप्रसाद श्रेष्ठले वताए । घाइते चालकको कटारी अस्पतालमा उपचारमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको श्रेष्ठले वताए ।

टिपर सडकबाट झण्डै ५ सय मिटर तल खसेको स्थानीय यातायात व्यावसायी शत्रुधन कार्कीले वताए । दुर्घटनाको कारण खुल्न सकेको छैन । इलाक प्रहरी कार्यालय कटारीबाट करिव २३ किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.