Websoft University

सुन्दरहरैचा बिकास निमार्णको तिब्र गतिमा अग्रसर हुदै


शिव भट्टराई - मोरङ, जेठ १० गते । रातो तारा डट कम,
पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत मोरङको सुन्दरहरैचा नगरपालिकामा सुन्दरहरैचा बिकासको बगैंचा बनाउने क्रममा पूर्ब पश्चिम राजमार्गमा ८२ फिट भित्र परेका संरचनाहरु  भत्तकाउने कार्य तिब्र गतिमा अगाडी बढ्दैछ ।

बुधबार बिहान १० बजे खोर्साने र बिराटचौक क्षेत्रमा पुग्दा सुन्दरहरैचाका मेयर ढकाल सडक अतिक्रमण हटाउने टोलीको अगुवाई गर्दै गरेको अबस्थामा त्याँहा भेटिए । सडक अतिक्रमण हटाउने क्रममा कतै कतै अवरोध पनि देखिए।मेयर ढकाल अघिअघि थिए अनि अबरोध हटाउने स्काभेटर सहित अन्य स्थानीयको टोली थियो ।

मंगलबार सम्म सडकको अबरोध हटाउन नगरपालिकाले अन्तिम सुचना प्रकाशित गरेको थियो।रातोतारा डट. कम सँग कृरा गर्दै ढकालले सडकमा सानो तिनो बिवाद आएपनि खासै अबरोध नभएको र आज र भोली भित्रैमा आफनो सिमाना सम्मको क्षेत्रमा सडक अबरोध हटाई सकिने र लगत्तै सडक निर्माणको काम समेत हुने उनले जनाएका छन ।

ईटहरीको बुढी खोला पुुलदेखि बेलबारीको किस्ती पुलसम्म करिब ११ किलोमिटर सो नगरपालिकाको क्षेत्र रहेको छ।सुन्दरहरैचाकी उपमेयरले पहिलो चरणमा घर टहरा हटाएपनि दोश्रो चरणमा सड़क छेउमा रहेका रुखहरु काट्ने कुरा बताएका छन्। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.