काठमाडौँ, वैशाख २२ गते । रातो तारा डट कम,वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पर्न नदिनका लागि वन क्षेत्रलाई केही प्रतिशत विस्तार गरिने र जडीबुटीको उत्पादनलाई व्यावसायिक बनाउने योजना रहेको बताउनुभएको छ ।
नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले आयोजना गरेको सातौँ नेपाल हब्र्स आयुर्वेद एक्स्पोमा मन्त्री बस्नेतले कम्तीमा पनि ०.०१ प्रतिशत वन क्षेत्र विस्तार गरिने जानकारी दिनुभयो । सांसरद पार्वत गुरुङले जैविक विविधताले भरिपूर्ण मुलुकमा खनिज पदार्थ, जडीबुटीलगायतको प्रचूर सम्भावना भए पनि त्यसलाई देशको आवश्यकतानुसार उपयोग गरी राष्ट्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणाले वन र जडिबुटी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा पाँच प्रतिशत योगदान गरेको जानकारी दिँदै पछिल्लो एक वर्षमा रु ९९ करोडको जडीबुटी निर्यात भएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष कमलेश्वर अग्रवाल, एक्स्पोका संयोजक गोविन्दप्रसाद घिमिरेलगायतले मुलुकमा रोजगार सिर्जना गर्न स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
तस्वीर प्रदर्शनी, नर्सरी बिरुवा, अन्तर्रा्ष्ट्रिय बजारमा पहिचानका लागि नेपाल हब्र्स कलेक्टिभ लोगोसमेत समावेश गरिएको एक्स्पोमा व्यावहारिक प्रविधि र औजार सामग्री छन् । जडीबुटीको प्रयोग, प्रजाति र प्रशोधनका आधारमा प्राङ्गारिक प्रमाणित वस्तु, शृङ्गारिक वस्तु र कृषिजन्य उत्पादन प्रदर्शन गरिएको छ ।
स्थानीय भृकुटीमण्डपमा यही वैशाख २३ गतेसम्म चल्ने एक्सपोमा औषधिजन्य वस्तु र सेवा, आयुर्वे्दिक औषधि स्वास्थ्योपचार सेवा, बीउबिजन नर्सरी गरी ७० बिक्री कक्ष छन् । जडीबुटीको विकासमा संरक्षणमुखी कानून, व्यवसायीमैत्री कानून तथा कार्य्विधि बन्नुपर्ने व्यवसायी बताउँछन् ।
Post a Comment