Websoft University

ईमान्दार र पारदर्शी भएर काम गर्न प्रहरीलाई निर्देशन


विराटनगर, जेष्ठ ११ गते । रातो तारा डट कम,
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले ईमान्दार र पारदर्शी भएर काम गर्न मातहत प्रहरीहरुलाई निर्देशन दिनु भएको छ।

१ नम्बर प्रदेश प्रहरी प्रमुखको रुपमा पदबहाली भएसंगै मोरङ र सुनसरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई शुक्रबार पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा वहाँले सो निर्देशन दिनु भएको हो।

प्रहरी नायव उपरीक्षकदेखी प्रहरी जवानसम्म भेला भएका उक्त कार्यक्रममा वहाँले सर्वप्रथम प्रहरीले आफ्नो पेशागत ज्ञानमा दक्षता हासिल गर्न जरूरी रहेको र प्रहरीकै नैतिक धरातल ठिक नभए केही पनि गर्न नसकिने हुदाँ प्रहरी नैतिकवान, ईमान्दार र पारदर्शी भएर काम गर्नु पर्ने कुरामा जोड दिनु भएको छ।

परिवर्तनको शुरुवात आफैबाट हुने भएकोले नेपाल प्रहरी संगठनले लागू गरेका आन्तरिक शुद्दिकरण कार्यक्रमको सफल कार्यान्वयन गरी शान्ति-सुरक्षा कायम गर्न, भ्रष्टाचारमा शुन्यसहनशीलताको सिद्दान्त पालना गर्न, तस्करी नियन्त्रण गर्न, प्रहरीले दिने सेवालाई अझ छिटो-छरितो बनाई चुस्तु दुरुस्त सेवा प्रदान गर्न,  मानव अधिकारको संरक्षण एवं सम्वर्धन गर्न र कानूनको अक्षरस पालना गर्ने कार्यमा कसैसंग पनि सम्झौता नगर्न समेत मातहत कर्मचारीहरुलाई निर्देशन दिनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.