Websoft University

गाईघाट-सरस्वती खोलामा अबैध रुपमा गिटी बालुवा उत्खनन हुदै, देउराली गाउँ जोखिममा


श्याम राई-गाईघाट, जेष्ठ ३ गते । रातो तारा डट कम,
सरस्वती खोलामा अबैध रुपमा गिटी बालुवा उत्खनन गरि त्रियुगा नगरपालिका वडा नम्बर ७ र ८ को उतरी देउरी गाँउ जोखिममा परेको छ ।

बैकल्पीक  राजमार्ग निर्माणको क्रममा ठेकेदार कम्पनी जेड आइइसी लामा एण्ड शर्मा जेभीले बिना अनुमति सरस्वती खोला भित्र नदी जन्य पदार्थ निकाल्ने गर्दा नदीको धार परिवर्तन भएर गाउँ तर्फ बग्न लागेपछि गाउँ बस्तीलाई खतरा पुगेको छ ।

खोलाको दक्षिणी तर्फ रहेको गाउ बस्तीलाई असर गर्ने गरि नदीजन्य पदार्थको उत्खनन तीब्र रुपमा भए पनि सरकारी निकायबाट रोक्ने कुनै प्रयास हुन सकेको छैन ।
खोलमाको धार रै परिवर्तन गर्ने गरि चार देखि ६ मिटर सम्म गहिरो बनाएर नदी जन्य पदार्थको तीबै उत्खनन् भैरहेको बारे स्थानीय प्रहरी प्रशासन लाई मौखिक उजुरी गरेको भएपनि सम्बन्धित निकायबाट कुनै कदम नथालिएको स्थानीय बिष्णुदेब चौधरीले बताए ।

 “हामीले सिडियो डेलिकेशन गएर नै समस्या अबगत गरायौ । तर केही भएको छैन” उनले भने । यो बर्षामा ठूलै क्षति हुने देखिन्छ । नदी उत्खननले खोलाक सतह उच्च भएर गाउँ तर्फ सोझिएकोले बर्षामा के हुन्छ भन्न सकिदैन”
त्रियुगा नगरपालिकाका पूर्व उप प्रमुख स्थानीय बासिन्दा रामवती चौधरीले बताईन । सबैलाई नदी दोहन रोक्न पहल गरि सक्यौ तर कसैले वास्ता गरेको छैन । उनले भनिन् । प्रहरीप प्रशासनको पनि मिलीमतोबाट अबैध रुपमा नदीमा उत्खनन भएको उनले बताईन ।

बैकल्पीक सडक मार्गनिर्माणको लागि जिल्ला समन्वयन समितिले त्रियुगा बरुवा आदी खोला, द्धारखोला,लामा खोला,बैधनाथ खोला, तावाखोलाको गिटी बालुवा उत्खननको अनुमति ठेकेदार कम्पनीलाई अुमति दिएको छ । तर सरस्वती खोलाबाट नदीजन्य पदार्थ निकाल्न अनुमति नपाएको खोलाबाट दिनहू उत्खनन भईरहेको छ ।

समन्वय समितिका संयोजक खड्क बहादुर परिवारले लामा एण्ड शर्मा लाई सरस्वती खोलामा नदी उत्खननको अनुमति नदिएको बताए । “अनुमति बेगर निकालेको भेटिए निर्माण कम्पनिमाथि कार्बाही गरिने उनले बताए । उनले अब सबै खोला नदीको अनुगमन गरिने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.