बिराटनगर,जेठ ७ गते । रातो तारा डट कम, वेबसफट नेपालका प्रा लिका प्रोपराईटर भवेश मण्डलले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर आफु र आफनो परिवार असुरक्षित भएको र नेताले अपराधि जोगाउने पीडित हामीलाई चै प्रहरीले पनि सहयोग नगरेको भन्दै गुनासो गर्नु भएकोछ । अहिले निबेदन जि प्र का मोरङमा पुगेकोछ।
हाटखोलाको जेल पछाडि बिराटनगर महानगर वडा नम्वर ८ मा रहेको वेबसफटको कार्यालयमा गत बैशाख २२ गते सनिवारको दिन बेलुका १० सिरोमणी कतुवाल भन्ने रन्जन पासवानले अन्य मानिसहरु पनि लिआई म भवेश मण्डलाई जहा भेटेपनि मारिदिने धम्कि दिदै, कार्यालयमा पसि त्यहाँ बसिरहेको मेरो भाईलाई बिनाकारण बिवाद इिाकि कुट पिट गरी कार्यालय तोडफोड समेत गरेको पत्रकारहरु जानकारी गराएका छन ।
घटना भए देखि प्रहरीमा सम्पर्क र उजुरी दिदा पनि प्रहरीले चासोका साथ टोले गुण्डहालाई कानुनी कार्यावाहिको दायरामा नल्याई उल्टै बिभिन्न दलका नेताको जिम्मा लगाउदै पठाउने गरेको र कार्यावाहि नगरेको प्रति गुनासो गर्नु भयो । निज पासवान सोहि ठाउँमा डेरा गरि बस्ने व्याक्ति हुन भनिएकोछ ।
जिल्ला प्रहरीकार्यालयमा उजुर परि सो उजुरी कार्यावाही गर्न हाटखोला प्रहरीमा पठाएको भए पनि हाटखोला प्रहरीले कुनै कारवाही गरी जिल्ला पठाई दिएको तर जिल्लाले पनि कार्यावाही गर्नु को साटो नेता बोलाएर जिम्मा लगाएर पठाएकोले तोडफोड कुटपिट ज्यान मार्ने धम्किको बारेमा उजुरी दिदा पनि मोरङ प्रहरीले कार्यावाही प्रति चसो नदिएकोले केहि सुनुवाई हुन्छ कि भने र पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेकोछ भवेश भण्डले जानकारी गराएका छन ।
Post a Comment