श्याम राई-उदयपुर-गाईघाट, बैशाख २९ गते । रातो तारा डट कम,गाईघाटमा शुरु पाँचौ रमपम उदयपुर गोल्ड कप प्रतियोगितामा झापा–११ ले विजयी शुरुवात गरेको छ ।
स्थानीय थरुहट रंगशालामा शनीबार भएको उद्घाटन खेलमा चौथो संस्करणको डिफेन्सिङ्ग च्याम्पिन रुपन्देही–११ लाई
१–० ले पराजित गर्दै क्वाटर फाईनलमा स्थान बनाएको छ । खेलको ७३ औं मिनटमा कर्ण लिम्बुले गरेको गोल नै झापाको जितको लागि निर्णयक रह्यो ।
खेल शुरु भए देखिनै विपक्षीलाई दबाबमा राखेको झापा–११ ले गोल गर्ने धेरै अवसर सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दि म्याच झापाका चिरीङ्ग गुरुङ्ग भए । उनले नगद ५ हजार रुपैया पुरस्कार पाए ।
आईतबारको खेल आयोजक गाईघाट ११ र मुख्य मंत्री शेरधन राईले खेलको उद्घाटन गरेका थिए । उनले थरुहट रंगशाला निर्माणको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले फूटबलको विकासको लागि एन्फाले नयाँ कार्यक्रम शुरु गर्न लागेको जानकारी
गराए ।
Post a Comment