Websoft University

श्रमिकको सम्मान कार्यक्रमलाई निरन्तरतामा उद्योग संगठनले जोड दिने


बिराटनगर, बैशाख १९ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंको आयोजनामा १२९औं अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसरमा विभिन्न ट्रेड युनियनका प्रतिनिधि, पदाधिकारी, श्रमिकहरु संगठनको कार्यकारिणी समिति प्रदेश १ का प्रदेश प्रमुख लगायत मन्त्रीहरुको उपस्थितिमा शुभ कामना आदान–प्रदान तथा जलपान कार्यक्रम सम्पन्न भयो ।

उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले श्रमिक दिवशको अवसरमा
शुभकामना व्यक्त गर्दै श्रमिक र रोजगारदाता एक अर्काका परिपुरक भएकाले दुई
पक्ष्ँको सहयोग र समन्वय उद्योग संचालनका लागि आवश्यक हुने वताउनु भयो ।

 उहाले हिजै प्रेश विज्ञप्ति प्रकाशन गरी श्रमिक र संचालक बीच सन्तुलित सम्बन्ध भएमा उद्योगहरुको उत्पादकत्व वृद्धि हुनुका साथै आर्थिक रुपमा सवल र सक्ष्ँम भई सुमधुर ओद्यौगिक वातावरण तयार हुनु पर्ने कुराको जानकारी गराउनु भएकोछ ।

उद्योग संगठन रोजगारदाताको लागि मात्र नभएर श्रमिकहरुको हक, हितका
लागि समेत भएकोमा जोड दिदै विश्व भरिका श्रमिकहरुको महान दिवशको रुपमा रहेको
विश्व श्रमिक दिवश भव्य रुपमा मनाउने क्रमलाई विगत वर्षहरुमा जस्तै यस वर्ष पनि
संगठनले शुभकामना आदान प्रदान र श्रमिकको सम्मान कार्यक्रमलाई निरन्तरता
दिईएको कुरा रातो तारा डट कम, लाई बिज्ञप्ति मार्फत जानकारी गराउनु भएकोछ ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ प्रदेश प्रमुख डा.
गोविन्द तुम्वाहाङले आफ्नो उद्योगको सवलताका लागि मजदुर र व्यवस्थापक वीच आपसी
सद्भाव आवश्यक हुने औल्याउनु भयो । उहाले संगठनद्धारा आयोजित कार्यक्रममा
ट्रेड युनियन र श्रमिकको उत्साहजनक सहभागिताले व्यवस्थापक र श्रमिकको आपसी सद्भाव
र स्नेहलाई प्रतिविम्वित गरेको वताउनु हुदै संगठनले श्रमिकलाई सम्मान गरेर प्रोत्साहित गरेकोमा खुशि व्यक्त गर्नु भएको कुरा आफनो बिज्ञप्तिमा उल्लेख गर्नु भएकोछ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दुहवी नगरपालिकाले प्रदान गरेको
दुहवी नगरपालिका वाड नं. ७ मा पाच सय सैयाको श्रमिक अस्पताल निमार्णका लागि ८
विघा जग्गा उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै सबै पक्ष्ँको सहयोगमा छिट्टै
अस्पताल निर्माण कार्य प्रारम्भ गर्ने घोषणा गर्नु भएको बिज्ञप्तिमा उल्लेख भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.