युवराज ठकुरी/सिंहदेवी,मोरङ, बैशाख २३ गते । रातो तारा डट कम,उत्तरी मोरङ केराबारी गाउँपालिका-२,सिंहदेवीमा अवस्थित पर्यटकीय ठाउँ जेफालेको फेदी बिहिबारे बजारमा नेपाल आदिवासी जनजाति महासंघ केराबारी-२को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।
नारायण राईको अध्यक्षतामा तेह्र सदस्य समिति अधिवेशनले चयन गरेको छ। समितिका उपाध्यक्षमा देवीलाल लिम्बू,सचिब यमन मुसङ,सहसचिवमा मिलन राई,कोषाध्यक्ष विष्णुमाया लिम्बू र सदस्यहरुमा इन्द्र मगर ,देवेन्द्र गुरुङ,हस्ता लिम्बू ,भक्त तुम्वापो,गीतामाया लिम्बू ,प्रेमकुमारी मगर शान्तिकला राई,शिशिर लिम्बू सम्मतरुपमा चयन भएका हुन।
महासंघका सचिब राजेश लिम्बूको सन्चालन तथा अध्यक्ष कविन्द्र तुम्वापोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष प्रेमबहादुर लिम्बू,विशिष्ट अतिथिहरु विराट पर्यटनका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी,आदिवासी जनजाति अभियान्ता धुर्वध्वज राई,डिल्ली सुब्बा,महासंघ केराबारी अध्यक्ष सुभद्रा राई,उपाध्यक्ष प्रेम लावती,कल्याणकारी माविका प्रअ हेमबहादुर ठकुरी, कुमारी खड्का,भीमबहादुर ठकुरी,मनोज अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशन कार्यक्रमका अवसरमा केराबारी -९किरात राई यायोक्खा र २नम्बर सिंहदेवीका तर्फबाट साकेला नाच प्रस्तुत गरिएको संस्थाका सचिव राजेश लिम्बूले बताए ।कार्यक्रममा अतिथिहरुबाट शुभकामना मन्तव्य,नारायणप्रसाद राईद्वारा स्वागत मन्तव्य राखेका थिए।साथै संस्थाका सचिबले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
Post a Comment