Websoft University

चण्डी पुर्णिमा साङ्गितिक साँझमा गजल सङ्ग्रह विमोचन: राजारानी धनकुटा


युवराज ठकुरी- मोरङ बैशाख २३ गते ।
रातो तारा डट कम,विरेन्द्र ग्याबा तामाङ र विरेन्द्र रम्तेलद्वारा
लिखित नेपाली गजल संग्रह अात्मा संवेग
सार्वजनिक गरिएको छ।

धनकुटाको राजारानी स्थित वर्षेनी लाग्ने
चण्डी पुर्णिामा मेलाको अन्तिम दिनको
अवसर पारेर उक्त गजल संग्रह सार्वजनिक
गरिएको हो ।

गजल संग्रहलाई साहित्यकार दिवा चेमजोङ,इलाका प्रशासन
कार्यालय राजारानी धनकुटाका इलाका
प्रशासन प्रमुख विदुर गौतम,इलाका प्रहरी
कार्यालय राजारानी धनकुटाका प्रहरी प्रमुख
मोहन थापा,गायक तथा संगितकार देवेन
चेम्जोङ र चण्डी पुर्णिामा साङगितिक
साझका संयोजक बिजु राईले संयुक्त रुपमा
सार्वजनिक गरेका हुन।

 गजल संग्रहमा पाचथरका सर्जक विरेन्द्र
रम्तेलको पचास र अोखलढुगांका सर्जक विरेन्द्र
ग्याबा तामाङको पचास गजल सङग्रहित
रहेको बताइएको छ।

अाफुहरुले बजारी प्रतिस्पर्धाका लागि नभई
अाफ्नो सिर्जना संरक्षणको लागि  गजल
संग्रह पुस्तकको रुपमा ल्याएको भन्दै उक्त गजल
संग्रह पढेर सल्लाह सुझाव दिन हुन सबैलाई अाग्रह समेत गरेका छन  सङ्ग्रहलाई अक्षरधाम
प्रकाशन गृह काठमाडौले प्रकाशन गरेको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.